लघु जलविद्युतले गाउँ झलमल्ल

ईश्वर थापा/ धनकुटा, १८ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा रहेको लक्ष्मीखोला लघुजलविद्युत आयोजनाबाट तीन सय ६० परिवारले लाभ लिइरहेका छन्।

राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनियमित भइरहेका बेला स्थानीय समुदायले आफ्नै अग्रसरतामा सञ्चालन गरिरहेका लघु विद्युत आयोजनाले गाउँ झलमल्ल पारेको छ। लक्ष्मीखोला जलविद्युत आयोजनाले गाउँमा नियमित विजुली दिइरहेको छ।
यसले ग्रामीण क्षेत्रका नागरिकको जीवनयापन सहज बनाएकाे छ । यहाँका वासिन्दा त्यसअघिसम्म टुकीकाे भरमा थिए । थिए।

जलविद्युत उत्पादन सहकारीका अध्यक्ष तेजबहादुर अधिकारीका अनुसार ४० किलोवाटसम्म विद्युत उत्पादन हुँदै आएको छ। व्यवसायिक रुपमा पशुपालन बढेसँगै च्यापकटर प्रयोग बढेकाे र यसले विद्युत खपत बढाएकाे उनले बताए । अधिकारीका अनुसार बेलुका ५ देखि ९ बजेसम्म र बिहान ५ देखि ९ बजेसम्म माग धान्न समस्या भएको छ भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उत्पादन भएको विद्युत पनि खपत भएको छैन।

राष्ट्रिय प्रसारण लाइनको विद्युत महसुल २० युनिटसम्म निशुल्क बनाउने चर्चा चलिरहेको बेला लघु जलविद्युत आयोजनाका उपभोक्ता भने ८ युनिटसम्मको एक सय रुपैयाँ शुल्क तिर्न बाध्य छन्। आयोजनाले ८ युनिटदेखि २० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र २० युनिटदेखि माथि प्रतियुनिट ६ रुपैयाँका दरले महसुल लिँदै आएको स्थानीय हिस्मा मगरले बताइन्।

आयोजनाले २०६८ सालदेखि नियमित ४० किलोवाट विद्युत उत्पादन गर्दै आएको छ। १ करोड २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएकाे आयोजनाले १० वर्ष पूरा गरिसकेको छ। आयोजनाको धेरै पोल बाँस र पाेलका छन्। हावाहुरीका बेला पाेल ढल्ने त्रास हुने गरेकाे स्थानीय चुडामणी मगरले बताए।

सहकारीका अध्यक्ष अधिकारीले राष्ट्रिय प्रसारण लाइन लाइनमा जोड्न ५० लाखका उपकरण चाहिने भए पनि आर्थिक अवस्थाले नधान्ने भएपछि दाताको खोजी भइरहेकाे बताए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖