डा. बद्री केसीको नेतृत्वले एनआरएनए अभियान सशक्त हुन्छः डिबी क्षेत्री, उपाध्यक्ष पदका प्रत्यासी, एनआरएनए

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा दसौं महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका उपाध्यक्ष डा बद्री केसीसँग काम गर्दा आफ्ना मुद्दाहरुको सुनुवाइ हुने बताउनु भएको छ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले आफूले ७र८ वर्षदेखि काम गर्दै जाँदा कामबाट प्रभािवत भएरै डा. केसीसँग नजिकता रहेको बताउनु भएको हो।

उहाँले भन्नुभयो,’कोरोनाको बेला सर्वसम्मत हुनुपर्छ भनेर कतै लागेको छैन। तर काम गर्दै जाँदा सशक्त ढंगले सबै साथीहरुको साथ माग्दै जाँदा बद्री केसीसँग मेरो नजिकता छ, भोलि कोको आउनुहुन्छ त्यो हेर्न बाँकी छ।’

डा. केसीसँग वैदेशिक रोजगारका मुद्दा, हजारे अभियानलगायत विभिन्न उद्धार, राहतका कार्यदेखि परराष्ट्र, श्रममा सँगै काम गरेको हुनाले आफ्ना मुद्दाहरुको सुनुवाइ हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ।

सोही सन्दर्भमा उहाँले ‘म उम्मेद्वार हो। म उम्मेद्वार हुँ र तपाईको मायाले जित्नेछु’ भन्दै आफू एनआरएनको उपाध्यक्षको प्रत्यासी भएको पनि बताउनुभयो।

यस्तै, बहसमा तपाई बद्री केसीको उम्मेद्वार हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘अहिलेसम्म आधिकारिक रुपमा कसैको चर्चा छैन तर म गैर आवासीय संघको एउटा सशक्त टिममा रहने छु।’

अनलाइनमार्फत भएको सो बहस कार्यक्रममा आफू बन्धुवा मजदुरको समयका मानिस नभई आफ्नो हक अधिकार र विचार मिल्ने नेतृत्वतिर लाग्न पाउनु पर्ने उहाँले जिकिर गर्नुभयो। ‘हामी बन्धुवा मजदुरका समयका मानिस होइनौं। हामीसँग हाम्रो अधिकार छु,’ उहाँले भन्नुभयो।

आफ्नो राजनीतिक धार जुनसुकै भएपनि गैर आवासीय नेपाली संघमा राजनीतिलाई हाबी हुन नदिने दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘गैर आवासीय नेपाली संघमा मैले राजनीतिलाई आफ्नो तर्फबाट हस्तक्षेप हुन दिँदैन।’

अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।