दिक्तेलका मेयरले गरे प्रमुख प्रशासकीय अधिकृतसँग १२ बुँदे कार्यसम्पादन सम्झौता

खोटाङ, १९ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालसँग १२ बुँदे कार्यसम्पादन सम्झौता गरेका छन् । त्यसलगत्तै दाहालले विषयगत शाखाका प्रमुख तथा विषयगत शाखा प्रमुखले मातहतका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मेयर रिजाल र प्रमुख प्रशासकीय अधिकृत दाहालबीच नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोत साधन तथा अन्य निकायबाट प्राप्त बजेट तथा लगानीको उपयोग गरी कार्य गर्ने, नगरपालिकाले सम्झौतामा उल्लिखित कार्यक्षेत्रको कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

कम्तिमा १० प्रतिशतले कूल आन्तरिक आय वृद्धिको लक्ष्य

कार्य सम्पादन सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले शासकीय सम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन, सुशासन, सेवा प्रवाह र सूचना प्रविधि, आन्तरिक स्रोत व्यवस्थापन, स्थानीय पूर्वाधार विकास लगायतका १४ शीर्षकमा हाँसिल गर्नुपर्ने नतिजामूलक कार्य सूचकमा सम्झौता गरेका छन् ।

शासकीय प्रबन्धतर्फ प्रचलित ऐन/कानूनमा तोकिए बमोजिमको समय सीमा भित्र तोकिएको विधि, पद्धती, प्रक्रिया अनुरूप बैठक सञ्चालन भएको हुने, योजना तर्जुमा र कार्यान्वयनतर्फ नगरपालिकाले सात चरणको सहभागितामूलक पद्धति अपनाउँदै नगर आवधिक विकास र वार्षिक विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको हुने, नगरपालिकाले आवधिक योजनाको आधारमा प्रत्येक आर्थिक वर्ष ३ वर्ष अवधिको मध्यमकालीन खर्च संरचनाको खाका तयार गरी कार्यान्वयनमा ल्याएको हुने उल्लेख छ ।-न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।