क’रेन्ट लागी पोलबाट ल’डेर एक जनाको मृ’त्यु
ओखलढुंगा, भदौ १९ । ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल क रेन्ट लागी सोलारको पोलबाट लडेर मृ त्यु भएको छ ।
आज बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको क रेन्ट लागी पोलबाट लडी घाईते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्याउन साथ मृ त्यु भएको थियो ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
ओलीको प्रश्न- कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ?
काठमाडौं, १९ भदौ/प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई गर्दै ओलीले नेपाल-चीन सीमा विवाद भनेर समिति गठन गरिएकोमा आपत्ति जनाए । उनले कसलाई खुसी पार्न समिति गठन गरेको भनेर प्रश्नसमेत गरे ।
सरकारले हुम्लालगायत उत्तरी सीमामा विवाद देखिएको भन्दै गृह मन्त्रालयका सहहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको छ । यसमा प्रतिक्रिया जनाउँदै ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विपवाद भनेर समिति बनाउनुपर्यो ? म चुनौतीका साथ भन्छु यो समितिले सीमा विवाद देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न खोजेको हो ?’ वर्तमान सत्ता गठबन्धनले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको अध्यक्ष ओलीको आरोप छ ।


