पाख्रीबास आधारभूत अस्पतालले स्वास्थ्य सामाग्री लिन नमानेपछि(भिडियो सहित)
भाद्र २०,धनकुटा । कोभिड-१९ संक्रमण नियन्त्रणलाई लक्षित गर्दै पूर्वसंविधानसभा सदस्य हेमराज भण्डारीको पहलमा ल्याईएको स्वास्थ्य सामाग्री लिन पाख्रीवास आधारभुत अस्पतालले अस्वीकार गरेको छ ।
स्वास्थ्य सामाग्री लिएर स्वयम पूर्वसंविधानसभा सदस्य भण्डारी सहितको टोलि अस्पतालमा पुगेर ती सामाग्री प्रदान गर्न खोज्दा डा अंकित शर्माले नलिने भन्नुभएको र वडाध्यक्षलाई हस्तान्तरण गरि अस्पतालमा सामाग्री छाडिएको नेकपा माओवादी केन्द्र पाख्रीवासका सचिव बलराम खड्काले जानकारी दिनुभयो ।
अस्पतालले स्वास्थ्य सामाग्री किन लिन नमानेको भन्ने विषय आफुहरुको खोजिको विषय भएको उहाले बताउनुभएको छ ।
अस्पतालले स्वास्थ्य सामाग्री लिन अस्वीकार गरेपछि संविधानसभा सदस्य भण्डारीले अन्य स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा सामाग्री वितरण गरिएको जानकारी गराउदै पाख्रीवासमा भने अपवाद भएको वताउनुभएको छ ।
उहाँले ती स्वास्थ्य सामाग्री आफ्नो पहलमा स्वास्थ्य मन्त्रालय मार्फत ल्याईएको पनि जानकारी गराउनुभयो । स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन कन्सनट्रेटर, अक्सिजन शिलिण्डर लगायत छन् ।


