चट्याङ लागेर सातजना घा’इते, दर्जन पशु चाैपाया म’रे
ओखलढुंगा, २१ भदाै/सिद्धिचरण नगरपालिका-१० मा आइतबार राति परेकाे च ट्याङ लागेर सातजना घा इते भएका छन् । घा इतेमध्ये तीनजनाकाे अवस्था ग म्भीर छ ।
उनीहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएकाे वडाध्यक्ष दामाेदर धमलाले बताए । आइतबार राति भीषण वर्षासँगै परेको च ट्याङ लागेर सातजना बेहोस भएकाे धमलाकाे भनाइ छ ।
च ट्याङले लागेर विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्का ग म्भीर घा इते भएका हुन् । चट्याङ लागेर बे होस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अवस्था भने सामान्य रहेको स्थानीयकाे भनाइ छ ।
चट्याङले पशु चाैपायामा समेत क्षति गरेकाे छ । बाँधेका ठाउँमा दर्जनभन्दा बढीको संख्यामा पशुचौपाया म रेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ । -न्युज कारखाना


