छथर जोरपाटीले शुरु ग¥यो शैक्षिक करार सम्झौता कार्यक्रम
नारायण कुमार राई/धनकुटा,२१ भदौ । सामुदायिक बिद्यालयहरुको गुणस्तर थप सुधार गर्न छथर जोरपाटी धनकुटाले चाल्ु आर्थिक बर्षका लागि आफ्ना सामुदायिक बिद्यालयहरुमा १ बर्षे करार सम्झौता कार्यक्रम शुरु गरेको छ ।
पालिकाले आयोजना गरेको एक कार्यक्रममा आज प्रधानाध्यापकहरु र शिक्षा शाखा बीच बिद्यालय सुधारका लागि ४० बुंदे करार सम्झौता भएको छ ।
त्यस्तै प्रधानाध्यापक र शिक्षकहरु बीच भदौ मसान्त सम्ममा ३२ बुदे सम्झौता गरी असोज १ गतेबाट बिद्यालयहरुमा लागु गर्नेगरी सम्झौता भएको छ ।
समन्वय ईकाइका प्रमुख मोहन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक र शिक्षा शाखा बीच पालिका अध्यक्ष शेरबहादुर लिम्बूको रोहबरमा सम्झौता भएको हो ।
पालिकाको शिक्षा ऐन २०७५ को परिच्छेद ५ को नियम ३० बमोजिम लागु गरिएको उक्त कार्यक्रम पालिकाले २०७५ सालबाट शुरु गरेको शिक्षा शाखा प्रमुख निर्मला सुबेदीले जानकारी दिनुभयो ।
२८ सामुदायिक बिद्यालय रहेको पालिकाले पालिकामा रहेका ७ संस्थागत बिद्यालयहरुमा पनि उक्त कार्यक्रम लागु गर्ने जानकारी दिएको छ ।


