पाख्रीबासमा प्रथम नगरस्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिकामा संविधान दिवसको अवसर पारेर चेतना युवा क्लबले पाख्रीबास नगरपालिकाको सहयोगमा प्रथम नगरस्तरिय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

असोज २ गतेका दिन पाख्रीबास स्थित होटल हिले भ्यूको सभाहलमा हुने उक्त कार्यक्रममा सहभागिता जनाउनको लागि आयोजकले सम्पूर्ण युवा वर्ग , विद्यार्थी वर्ग र अभिभावकलाई समेत अनुरोध गरेको छ ।

आउने असोज २ गते हुने उक्त कार्यक्रममा गाउं,समाजमा लुकेर रहेका अन्तर्निहित प्रतिभाहरुको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रममा भाग लिनेहरुले नेपाली वा अंग्रेजी दुबै भाषाको माध्यमबाट सहभागिता जनाउन सक्ने कार्यक्रम ब्यवस्थापक ध्रुव पौडेलले जानकारी दिनु भयो ।

प्रतियोगितामा भाग लिनको लागि पाख्रीवासको दृष्टि : शिक्षा , स्वास्थ्य , पर्यटन र कृषि ( The Vision of Pakhribas : Education , Health, Tourism And Agriculture ) शिर्षकमा आफ्नो प्रतिभा प्रस्तुत गर्नु पर्ने र सहभागिता जनाउन असोज १ गते दिनको ४ बजे सम्ममा विना शुल्क नाम दर्ता गराउन सकिने क्लबका अध्यक्ष राजकुमार तामाङले बताउनु भयो ।

प्रतियोगितामा रु ५०००/-र प्रमाणपत्र,रु ३०००/-र प्रमाणपत्र,रु २०००/ र प्रमाणपत्र ,रु १०००/-र प्रमाणपत्र क्रमश: प्रथम,द्वितिय र तेस्रोलाई पुरस्कार स्वरुप प्रदान गरिने साथै प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई प्रमाणपत्रको व्यबस्था गरिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको बारेमा थप जानकारीका लागि
चेतना युथ क्लब अध्यक्षका राजकुमार तामाङ
( 9818442396 ),सचीव : रमेश वस्नेत : ( 9810415613 ),कार्यक्रम ब्यवस्थापक : ध्रुब पौडेल ( 9825366977 / 9842070481 ),कार्यक्रम संयोजक : नगेन्द्र वस्नेत : ( 9804306282/ 9842070870 मा सम्पर्क गरि बुझ्न सकिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।