हलेसीमा आचार्य गुरु पद्मसम्भवका प्रतिमा राखिने

केदार मगर/खोटाङ, २७ भदौ । त्रिधार्मिकधाम खोटाङका हलेसीमा आचार्य गुरु पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध महासङ्घको संयुक्त लगानीमा ६० फिट अग्लो प्रतिमा राख्न लागिएको हो ।

वडा नं ७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा स्थापना गर्न नगरप्रमुख इवन राई र नेपाल बौद्ध महासङ्घका अध्यक्ष आचार्य नुर्बु शेर्पाबीच विसं २०७७ माघ १८ गते भएको १९ बुँदे सम्झौता भएको थियो । बौद्ध लामा जोपा रिन्पोछेले शनिबार पूजाआजा गर्दै प्रतिमा शिलान्यास गर्नुभएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो । उद्यान निर्माण गरेर सोभित्र स्थापना गरिने प्रतिमा वरपर ध्वजापताकाका लागि छुट्टै क्षेत्र, स्वागतद्वार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्रामगृह, बगैँचा, मञ्जुश्री क्षेत्रमा गुम्बा, सरोवर, पदमार्गलगायतका संरचना निर्माण गरिने जनाइएको छ ।

हलेसी बृहत्तर गुरुयोजनाअनुसार निर्माण गर्न लागिएको पद्मसम्भव उद्यानमा रु पाँच करोडभन्दा बढी खर्च हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको महासङ्घले जनाएको छ । सो उद्यानको काम पाँच वर्षभित्र सम्पन्न गर्नेगरी शुरुआत गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।

पद्मसम्भवको साना तथा ठूलो मूर्ति राखिने उद्यान क्षेत्रमा शान्तिपूजा हल, चैत्य निर्माण, बौद्धधर्म सङ्ग्रहालय तथा पुस्तकालय, माने तथा, प्रतिमा निर्माण, बौद्ध स्ववारिक्पा शिक्षण तथा अनुसन्धान केन्द्र, बगैँचा, ढल, पानी, बिजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपाङ्गमैत्री शान्ति मार्गलगायतका संरचना निर्माण गरिने जनाइएको छ । पद्मसम्भवको प्रतिमा स्थापनापश्चात बौद्ध धर्म परम्पराअनुसार सांस्कृतिक, अध्यात्मिक महत्वलाई जीवित राख्न यसको रेखदेख, सञ्चालन, संरक्षण, मर्मतसम्भार र पाठपूजाको व्यवस्था महासङ्घले गर्ने सम्झौता छ ।

उद्यानमा प्रवेश गर्ने आगन्तुकबाट शुल्क उठाउने र उद्यान क्षेत्रमा घेराबारा, पदमार्ग र मूल प्रवेशद्धार निर्माणको काम प्रथम पक्षले गर्ने जनाइएको छ । त्रिधार्मिकधाम हलेसीमा पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको किंवदन्ती छ ।

मारतिका गुम्बासमेत रहेको हलेसीमा भारत, चीनको तिब्बत, भूटानलगायत विभिन्न देशका बौद्धमार्गी ध्यान तथा पूजापाठका लागि आउने गरेका छन् । धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपमा समेत विश्व प्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा बौद्धमार्गीसँगै हिन्दू र किराँत धर्मावलम्बीको पनि उत्तिकै भीड लाग्ने गरेको छ ।

हलेसीलाई हिन्दूहरुले शिव–पावर्ती र किराँत धर्मावलम्बीले आफ्नो उद्गमथलोका रूपमा मान्ने गरेका छन् । दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने त्रिधार्मिकधाम हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरिवोधनी एकादशी, हरितालिका तीज, बुद्धजयन्ती, बोलबमलगायतमो मेला लाग्ने गरेको छ ।

विश्वप्रसिद्ध हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण गर्न सांसद विशाल भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले अहिले विज्ञसँगका सल्लाहमो दीर्घकालीन गुरुयोजना निर्माणको काम गरिरहेको जनाइएको छ ।

स्तरोन्नतिको कामसमेत भइरहेको हलेसीमा किराँत धर्मावलम्बीको माङखिम (तीन चुल्हा) निर्माणको काम पनि भइरहेको छ । बसाहागुफामा निर्माणाधीन माङ्खिमको काम तीव्रगतिमा अगाडि बढाइएको हलेसी विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।