मि’र्गौला प्र’त्यारोपणका लागि अर्जुनलाई आर्थिक सहयोग

खोटाङ, २८ भदौ । खोटाङको जन्तेढुंगा गाउँपालिका-१ देविस्थान पाँडेगाउँका अर्जुन तामाङलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाइएको छ ।

दुबै मिर्गौला फेल भएपछि तीन वर्ष अघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङको मिर्गौला प्रत्यारोपणका लागि कांग्रेस जन्तेढुंगा गाउँपालिका उपसभापति बाजिन्द्र विष्टको पहलमा १७ हजार ५ सय सहयोग जुटाइएको हो । मिर्गौला प्रत्यारोपणका लागि तामाङ परिवारले सहयोगको याचना गरेपछि स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट प्राप्त भएको रकम जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका समाजसेवी एवं कांग्रेस क्षेत्रीय प्रतिनिधि लक्ष्मी तामाङले अर्जुनका सासुआमालाई हस्तान्तरण गरेकी छन् ।

अर्जुनको मिर्गौला प्रत्यारोपणका लागि जापानमा रहेका भुवन खड्काबाट ५ हजार, यूएईमा रहेका जनक थापाबाट ३ हजार, कुमार थापाबाट २ हजार, निरोज लामीछानेबाट २ हजार, लक्ष्मी तामाङबाट १ हजार, बाजिन्द्र बिष्टबाट १ हजार, गंगा तामाङबाट १ हजार, तारानाथ भट्टराईबाट १ हजार, सुजन खड्काबाट १ हजार र डाईश्वर कार्कीबाट ५ सय सहयोग जुटाइएको हो । अर्जुनको मर्गौला प्रत्यारोपणका क्रममा कम्तीमा ६ लाख खर्च जुटाउन भनिएपछि सहयोग अभियान चलाइएको कांग्रेसका युवा नेता विष्टले बताए । हाल बेलका नगरपालिका–१ उदयपुर बस्दैआएका ३३ वर्षीय तामाङको केही समयपछि मिर्गौला प्रत्यारोपणको तयारीमा छन् ।

अर्जुनलाई सहयोग गर्न उनकै नाममा कुमारी बैंकमा खोलिएको खाता नम्बर एम १३५०११६७४०१००००१ मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ । तामाङलाई सहयोग गर्नका लागि मोबाईल नम्बर ९८४९७८९२२५ मा फोन गर्न सकिने जानकारी दिइएकाे छ ।न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।