मोबाइल बैंकिङ सेवाबाट पैसा चोरी भएकाे भन्दै बैंक र प्रहरीमा उजुरी

ताप्लेजुङ, २९ भदौ /ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले आफ्नो बैंक खाताबाट अवैध रुपमा रकम निकालिएको भन्दै सम्बन्धित् बैंक र प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आफूलाई जानकारी नै नभई मोवाइल बैंकिङ सेवाबाट आफ्नो खाताको रकम निकालिएको भन्दै उनले खोजीका लागि प्रभु बैंकको फुङ्लिङ शाखा र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् ।

विदेशबाट श्रीमानले पठाएको पैसा झिक्न जाँखा बैंक खातामा रकम नदेखिएपछि उनले बैंक खाता रहेको फुङलिङ शाखा र प्रहरी कार्यालयमा निवेदन दिएकी हुन् । आफूले मोबाइल बैंकिङ सेवा लिए पनि चेकमार्फत नै रकम झिक्दै आएको बताउने मञ्जिताले अवैध रुपपमा मोबाइल बैंकिङमार्फत आफ्नो रकम झिकिएको बताइन् ।

मोबाइल बैंकिङ सेवा लिए पनि चलाउन नजानेकाले चेकमार्फत नै रकम झिक्ने गरेको बताउने उनको खाताबाट ९८४६९२५४२८ नम्बरको मोबाइलबाट मोवाइल बैंकिङ सेवा प्रयोग गरी पटक पटक गरेर एक लाख ६३ हजार नौ सय ३० रुपंैयाँ ट्रान्सफर भएको छ ।

खाताबाट यसअघि मञ्जिताले दुईपटक चेकमार्फत पैसा झिकेकी छन् । तर, मोबाइल बैंकिङमार्फत रकम झिकिएपछि खोजी गरी आफ्नो पैसा फिर्ता दिलाइनदिन माग गर्दै उनले बैंक र प्रहरीसमक्ष निवेदन दिएकी हुन् ।

मञ्जिताका अनुसार विदेशमा रहेका श्रीमान १७ भदौ २०७८ मा एक लाख ६३ हजार नौ सय ३० रुपैंया पठाइदिएका थिए । सो रकम झिक्न उनी १९ भदौमा बैंक पुगिन् । तर, खातामा शून्य मौजाद देखियो ।

‘उहाँको मोबाइल बैंकिङ सेवाबाट विभिन्न बैंकहरूमा रकम ट्रान्सफर भएको अभिलेख देखिन्छ’, प्रभु बैंकका फुङलिङ शाखा प्रवन्धक खगेन्द्र न्यौपानेले भने, ‘तर, उहाँले आफूले मोबाइल बैंकिङ सेवा चलाउँदै नचलाएको र चलाउन नै जान्दिन भन्नु भएकोले प्राप्त निवेदनका आधारमा ग्राहकको रकम कसरी ट्रान्सफर भयो भनेर खोजिरहेका छौं ।’ मञ्जिताको रकम अवैध रुपमा झिकिनुमा बैंकको दोष नरहेको उनको दाबी छ ।

प्रभु बैंकका अनुसार ५० हजार र १३ हजार ५ सय गरी नेपाल ६३ हजार ५ सय रुपैंया नेपाल बैंक लिमिटेडको गुल्मी शाखामा खातावाल रहेका तेजबहादुर थापाको खातामा ट्रान्सफर भएको देखिन्छ । काँकी एक लाख भने दुई पटक ५०–५० हजार रुपैंया गरी दाङ बस्ने सपना केसीको गरिमा विकास बैंकको खातामा ट्रान्सफर भएको देखिन्छ । एक बैंकबाट अर्को बैंकमा रकम पाउँदा लाग्ने शुल्क समेत मञ्जिताको खाताबाट कट्टा भएको बैंकको अभिलेखमा देखिन्छ ।

अन्तिममा यो रकम फेरि कामना सेवा विकास बैंकको एमटीएम प्रयोग गरेर निकालिएको अवस्थाको जानकारी आफूलाई आएको र खोजिकार्य जारी रहेको प्रभु बैंकका शाखा प्रवन्धक न्यौपानेले बताए । न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖