प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, ३०, भदौं । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ ।

बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मल््य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले स्वास्थ्य सम्बन्धिका ११ प्रकारका विभिन्न सरसमानहरु हस्तान्तरण गरेको फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार गाउन २४०० थान, फेस शिल्ड २३३२ थान, मास्क ८४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५३६० थान रहेको छ ।

कार्यक्रममा समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फडिण्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय भएको बताउनु भयो । २००७ सालका क्रान्तिका योद्धा स्व.प्रतिमान चन्द्र बोहोराको स्मृतिमा उहाँका परिवारले फाउण्डेशन खोली स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद दिनु भयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरुमा प्रदेश सरकारसंग समन्वय गरि यस प्रदेशमा कोरोना महामारीसंग लड्न र बच्नका लागी आवश्यक पर्ने थप सामाग्री, प्रशिक्षणलगायतका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संस्थाले यस अघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरि सकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।