पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा
शर्मिला राई/आश्विन २,धनकुटा । हाल राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् ।
सोही अनुसार धनकुटा जिल्लामा पनि भदौ ३० गते बाट सुपरिवेक्षक गाउँगाउँ खटिएका छन् । जिल्ला जनगणना कार्यलय धनकुटाका अनुसार भदौ २७ र २८ गते पुर्नताजगी तालिम लिएपछि सूचीकरणका लागि जिल्लाभर ६१ जना सुपरिवेक्षक खटिएका हुन् ।
जसअनुसार तेश्रो दिन गएराती १२ बजे सम्मको तथ्यांक अनुसार ६ हजार ४ सय ३४ को सूचीकरण भैसकेको जिल्ला जनगणना कार्यलय सहायक प्रमुख नारायण कार्कीले जानकारी दिनुभयो ।
सुपरिवेक्षणको क्रममा परिचय,घर,घरपरिवार,कृषी,पशुपंक्षि खण्ड लगायतका २० प्रश्न सोधिने उहाँले बताउनुभयो । जिल्लामा ४ हजार ६ सय ४ गणना परिवार संख्या रहेको कार्यलयले जनाएको छ ।
पहिलो चरणको गणनाका लागि सूचिकरण कार्य आश्विन १८ गते सम्म सञ्चालन हुनेछ ।


