घिमिरेको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी गठन

धनकुटा । अखिल नेपाल किसान महासघको धनकुटा नगर भेला सम्पन्न भएको छ ।

नगर भेलाले ज्ञानेन्द्र घिमिरेको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी गठन गरेकाे छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्र थापाको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य तथा धनकुटा नगर प्रमुख चिन्तन तामाङ्गको प्रमुख आथित्यतामा किसान भेला सम्पन्न भएकाे हाे ।

कमिटीको उपाध्यक्षमा खगेन्द्र भण्डारी सचीवमा शुरेश पराजुली सहसचिव मालश्री शाही सहित ६१ सदस्य कमिटी निर्माण गरिएको छ।

यो पनि…

धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाँउपालिका वडा नं ६ सिधुवा स्थित सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्था मार्फत सञ्चालन भईरहेको गाई स्रोतकेन्द्र स्थापना कार्यक्रम अन्तरगत दोस्रो वर्षको फलोअप कार्यक्रम सुरु भएको छ ।

प्रदेश १ सभा सदस्य एवंम न्याय प्रशासन तथा विधायन समितीका सभापति ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा एक कार्यक्रका बिच दोस्रो चरणको फलोअप कार्यक्रम सुरुवात गरिएको संस्थाका अध्यक्ष प्रेम प्रसाद ढकालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सभा सदस्य एवंम न्याय प्रशासन तथा विधायन समितीका सभापति ईन्द्रमणी पराजुलीले प्रदेश सरकारले यस क्षेत्रमा गाई स्रोत केन्द्रको सम्भावना पहिचान गरि किसानहरुलाई समय अनुसार व्यवस्थापनका लागि यो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

अब यहाँका किसानले यस अघि मंहगो भाडा तथा मंहगो मुल्य तिरेर टाँढा टाँढा बाट गाई ल्याएर व्यवसायिक रुपमा दुग्ध उत्पादन गरिरहेका थिए । अब किसानको समस्या समाधान हुने भन्दै उहाँले यस क्षेत्रमा स्रोत केन्द्रको स्थापना गरेर गाई उन्नत जातका गाई उत्पादन गरेर अन्य ठाउमा पनि निर्यात गरि आयआर्जनको स्रोत वृद्धि गर्न सक्ने बताउनु भयाे ।

त्यस्तै गरी कार्यक्रममा जिल्ला समन्वय समिति धनुटाका प्रमुख टंक चौहानले तिनै तहका सरकारकाले कृषकलाई आत्म निर्भर तथा जीवन स्तर सुधारका लागि सहयोग गरिरहेको भन्दै अहिले धेरैको जीवन स्तरमा सुधार आइसकेको दावी गर्नु भयो ।

कार्यक्रममा छथरजोरपाटी गाउपालिका अध्यक्ष सेर बहादुर लिम्बु , महालक्ष्मी नगरपालिकाको मेयर पर्शुराम नेपाल ,पशुपंक्षी तथा मस्तय विकास निर्देशनालयका प्रमुख डा. लेखराज दाहाल ,खगेन्द्र प्रसाद सुवेदि , भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाका प्रमुख देव कुमार दर्नाल ,पशुचिकित्सक राम नारायण शाह, प्रधानमन्त्री परियोजना ईकाई सञ्चालक मेग राज खड्का ,बजार व्यवस्थापन समिति अध्यक्ष शिव कुमार श्रेष्ठ , सामुदायिक वन महासंगका जिल्ला अध्यक्ष निल बहादुर थापा लगायतले अनुदान तथा सहि ठाँउमा सदुपयोग गर्न आवश्यक रहेको भन्दै सहि ठाँउमा सदुपयोग भएमा चाहाना अनुसार सोचे अनुरुपको उपलब्धि हासिल गर्न कृषकहरुलाई आग्रह गर्नु भयो । याे वर्ष ३५ लाख ९५ हजार बराबरको याेजना सञ्चालन गर्ने सहकारीले जनाएको छ ।

त्यस्तै गरि याे साल उन्नत जातका काेरेली खरिद गरि ५० वटा कृषकलाई वितरण गरिने जनाएको छ । गत साल ७६ लाख २५ हजार बराबरको विभिन्न सामाग्री ,तालिम सहित किसानलाई १ सय ४० वटा उन्नत जातका काेरेलि गाई खरिद गरि वितरण गरिएकाे सहकारीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।