सालका पातको व्यापार बढ्यो
धनकुटा, ७ असोज । पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भए संगै धनकुटा सदरमुकामकम सालका पातको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।
वडादशैं शुरु हुनु भन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ जसका लागि दुना टपरी बनाउन अधिकांश व्यातिmहरुले सातको पात प्रयोग गर्ने गर्दछन् त्यसले गर्दा समेत सालका पातको माग उच्च भई व्यापार बढेको हो ।
सालको पात बिक्रि गर्न धनकुटाको विहिबारे हटिया आएकी धनकुटा नगरपालिका ५ की मनकुमारी राईले भनिन् अहिले सोह्रश्राद्ध भएकोले सालका पातको माग धरै नै छ । अन्य समय हप्तामा १ चोटी मात्र पात विक्री गर्न बजार आउने भए पनि अहिले माग बढेकोले दैनिक जोस नै बिक्रिका लागि सदरमुकाम आउने गरेको बताइन् अहिले बजारमा मात्र नभई घर घर बाट समेत पातको माग हुने गरेको उनको भनाई छ ।
उनका अनुसार पात र मुठा हेरी ४० देखि ७० रुपैयाँ प्रति मुठा सालको पात विक्रि हुने गरेको छ । सनातन धर्मावलम्वीहरुले सोह्रश्राद्धमा वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् ।


