पर्यटकिय स्थलहरुमा पर्यटक आगमनको अवस्थामा सुधार
धनकुटा । ४२ औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि मनाइँदैछ । दिवसको अवसरमा धनकुटा खवर अनलाईनले पर्यटन व्यवसायीहरु सँग गरेको कुराकानी अनुसार अहिले पर्यटकिय स्थलहरुमा पर्यटक आगमनको अवस्थामा केही सुधार आएको छ ।
कोरोना म’हामा’रीका कारण प्राय ठप्प जस्तै बनेको पर्यटन व्यवसाय पछिल्लो समय केही तंग्रिन थालेको व्यवसायीहरुले बताएका छन् । धनकुटाको प्रमुख पर्यटकीय स्थल भेडेटारमा हाल पर्यटक आगमनको अवस्था राम्रै रहेको पर्यटन व्यवसायी तथा होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो तर दिवसको अवसरमा कोरोना मा’हामा’रीको जोखिमलाई ध्यान दिदै कुनै औपचारिक कार्यक्रमहरु भने नगरिएको उहाँले वताउनुभयो ।
भेडेटारमा हाल दैनिक जसो २ हजार देखी २५ सय सम्म पर्यटकहरु आउने गरेको अर्का पर्यटन तथा होटल व्यवसायी लिलाराज लावतीको भनाई छ । पर्यटकहरुको यो आगमन सँगै पर्यटन व्यवसायलाई केही भएपनि राहत पुगेको उहाँले वताउनुभयो । भेडेटार क्षेत्रमा पर्यटकहरु भ्यू टावर, आ’त्मा घर,नमस्ते झरना,पाथिभरा मन्दिर लगायत अन्य पर्यटकीय स्थल हेर्न आउने गरेका छन् ।
त्यस्तै धनकुटाकै पाख्रीवासको मुख्य पर्यटकीय स्थल सिमसार क्षेत्रमा पनि दैनिक डेड सय वढी आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेको श्री संसारीमाई सिमसार क्षेत्र संरक्षण समितिले जनाएको छ । सिमसार क्षेत्रमा पर्यटकहरु पीकनिक खान,वरिपरि चिया वगानले घेरेको पोखरीको अवलोक गर्न आउने गरेका छन् ।


