नक्कली नोट कारोबारमा संग्लग्न पक्राउ

धनकुटा । नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा तीन युवालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको छ ।

गएराती ९ बजेतिर धनकुटा नगरपालिका वडा नं ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा १ हिलेका एक युवकलाई १ हजार दरका २८ हजार नक्कली नोट सहित पक्राउ गरेको हो ।

प्रहरी चेकजाँचको क्रममा ती युवकले नक्कली नोट अर्को गोजीमा हाल्न खोज्दा प्रहरीले सबै नोट चेक गरेको र सोही क्रममा नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।

ती युवालार्ई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनको घरबाट ६५ हजार र अर्का युवकको घरबाट ५ हजार नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरुकै वयानको आधारमा अर्का युवक पनि पक्राउ परेका छन् । पक्राउ परेका युवाहरुको पहिचान खुलाएको छैन ।

पक्राउ परेका सबै जना अहिले जिल्ला प्रहरी कार्यलय धनकुटाको अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।