दशैं नजिकिए संगै बजारमा चहल पहल सुरु
धनकुटा,२० असोज । कोरोना भा’इसरको जोखिमले गर्दा स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो भए संगै र नेपालीहरुका ठूला चाड पर्व नजिकिए संगै धनकुटाका साना ठूला हाट बजारमा चहल पहल बढेको छ ।
जता बाटो उतै व्यपार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरुमा दशैं बजारको चलहपहल सुरु भएको छ । दशैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुईचो लाग्न थालेको हो ।प¥याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दशै, तिहार नजिकिएसँगै बोका खसी र मासु जन्य पंक्षिको बिक्रिगरी चाडपर्वका लागी चाहिने सामग्री जोहो गर्नेको घुइचो लाग्न थालेको हो ।
संस्कृतिक पर्व भनिए पनि दशै तिहार लाई आर्थिक कारोबारको गतिलो समय मानिन्छ । गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको हो ।चाडपर्वको समयमा अरुबेला भन्दा व्यापार राम्रो हुने भएकोले बजारमा सामग्री प्रदर्शनको र होडबाजी भने कोरोना भाइसरको जोखिमका कारण खासै चलेको छैन् तर गाँउ–गाँउबाट चाडपर्वका लागि खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछीको व्यापारका लागि आउनेको संख्या भने बढ्दै धनकुटा सदरमुकामका स्थानिय सुरज राईले बताए ।
सडक संञ्जाल विस्तार भएसँगै गाउँमै खुल्न थालेका पसलले गर्दा सदरमुकाम र चल्तीका मानिएका व्यापारिक केन्द्रमा भने व्यापार खस्कीदै गएको र व्यापारमा मन्दी भएको व्यापारीहरु बताएका छन । सडक बिस्तार भए पनि यातायत पुग्न नसकेका स्थानका सर्वसाधरण भने किनमेलका लागि सदरमुकामनै आउने गरेका छन । व्यापारिका लागि चार्डबार्ड कमाउने मौका बनेर आएको छ भने आकासीदो महँगी, पसल पिच्छेको फरक मुल्यले गर्दा सर्वाधारणहर हैरान बनेका छथरजोरपाटी गाउँपालिका रमेश कार्किले बताए ।
मौकामा चौका हन्न पल्किएका व्यापारी र त्यसमा आँखा चिम्लेर समर्थन गर्ने प्रसाशन र उपभोतmा हितका लागि गठन गरिएका बिभिन्न संस्था समेत मिसावट, र कृतिम मूल्य बृद्घिका बारेमा चाल नपाए जस्तो गर्ने गलत प्रवृतिले सर्वसाधरण ठगिने क्रम बढ्दै गएको हो सर्वसाधारणको गुनासो छ । दशैं तिहारको बेला हुने कालोबजारी, अखाद्यय बस्तुको खरिद विक्री लाई नियन्त्रण गर्न बजार अनुगमन थालेको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका सुचना अधिकारी तथा खाद्य निरिक्षक शुशिल कोइरालले जानकारी दिए ।


