भेडेटारबाट ला’गुऔ’षध सहित पाख्रीबासका २ युवा पक्राउ
धनकुटा,२० असोज । धनकुटाको भेडेटार इलाका प्रहरी कार्यालयद्वारा नियमित चेकजॉंचको क्रममा ला’गुऔ’षध सहित २ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको पाख्रीबास नगरपालिका वडा नं १० का २१ बर्षिय सरद कुमार खड्का र सोही नपा ९ का २० बर्षिय राकेश घिसिंग रहेका छन् ।
उनीहरुलाई अदालतबाट म्याद थप गरि अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी दिपक कुमार रायले जानकारी दिनु भयो ।
यो पनि पढ्नुहोस्…
सेयर बजारमा चमक, ६८ अंकको सुधार
काठमाडौं, २० असोज /साताको चौथो कारोबारकाे दिन बुधबार सेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ । नेप्से दुई दशमलव ६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अंकले बढेर ५०४ दशमलव ७३ मा पुगेको छ ।
बुधबार कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन मंगलबार दुई अर्ब मात्र कारोबार भएकोमा बुधबार बढेको छ । सोमबार तीन अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।
त्यस्तै, बुधबार सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेको छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ । बुधबार सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैमा लघुवित्त अगाडि छ ।
बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् । बुधबार सेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथीलगायत रहेका छन् । त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।


