आत्मह,त्या दुरुत्साहन मुद्दामा तीन जना पुर्पक्षका लागि जेल चलान

रुपन्देही, २१ असोज । तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृ,त्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आ,त्म ह,त्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेशानुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

तिलोत्तमा–५ की भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृ,तावस्थामा भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घ,टना अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृ,तकले आ,त्म ह,त्या गर्को प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइतीपक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् । भण्डारीको मृ,त्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसस्कार गरिएको छैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।