धनकुटा स्थित टंक माविमा पूर्व बिद्यार्थी समाज गठन

धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँमा रहेको श्रीमान टंक माध्यमिक बिद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको छ। २०११ सालमा स्थापित टंक माविका पूर्व विद्यार्थीहरुको भर्चुअल मार्फत भएको भेलाले १३ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो।

टंक माविको शैक्षिक उन्नयन गर्दै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यले राजेन्द्र गुरागाईको संयोजकत्वमा १३ सदस्यिय समिति गठन गरेको हो। समितिको सदस्यहरुमा सुनिल दाहाल, खड्ग निरौला, खगेन्द्र लामिछाने, लक्ष्मण दाहाल, उदय बराल, सिमा बस्नेत, रत्न राना, सिर्जना लामिछाने, कृति खड्का, ईश्वर थापा र कमला तामाङ रहेका छन। समितिको सदस्य सचिबमाा विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्मा रहेका छन। अहिलेलाई तदर्थ समिति मात्रै बनेको र त्यसको पदाधिकारी भौतिक रुपमै उपस्थिति भएर चयन गर्ने तयारी गरिएको प्रधानाध्यापक विश्वकर्माले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षतामा आयोजित भर्चुअल भेलामा धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख रमेश बहादुर दाहाल, धनकुटा बहुमुखि क्याम्पसका उपप्राध्यापक यज्ञ गुरागाई, प्रहरी नायब उपरिक्षक सुनिल दाहाल, फ्युजन एग्रिकल्चर एण्ड फरेष्टि विश्वविद्यालय चीनका डाक्टर कुलराज राई, धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वकर्माले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएको थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सरोज दाहालले गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।