अवैध रुपमा निकासीका लागि तयार गरिएको सालका चिरान काठ प्रहरीद्वारा बरामद

धनकुटा । अवैध रुपमा निकासीका लागि तयार गरिएको सालका चिरान काठ धनकुटाको सहिदभुमी गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ ।

सहिदभुमी गाउँपालिका ५ खोकु देखी घोङ्टाङ जाने कच्ची सडक बाटोमा निकालेर राखेको अवस्थामा प्रहरी चौकी आखिसल्लाबाट खटीएको गस्ति टोलीले अशोज २२ गते सालको ९० थान चिरान काठ नियन्त्रणमा लिएको हो ।

बरामद काठहरु ईलाका प्रहरी कार्यलय छिन्ताङमा राखेको प्रहरीले जनाएको छ । बरामद काठ सब-डिभिजन वन कार्यालय आँखिसल्ला धनकुटाबाट कर्मचारी खटी नापजाच गर्दा ३०.५५ क्यु फिट रहेको जनाईएको छ ।

त्यस्तै सहिदभुमी गाउँपालिका ५ कै खोकु पुछार माझिटेन बनमा अज्ञात व्यक्तीले अवैध रुपमा काटी चिरानी ८० र गोलिया ५६ गरी १३६ वटा निकासी गर्न राखेको अवस्थामा प्रहरीले फेला पारी अशोज २३ गते नियन्त्रणमा लिएको छ ।

सो काठ वन कार्यालय आँखिसल्लाका कर्मचारीहरुले नाप जाच गर्दा ६८.२६ क्यु फिट रहेको जनाईएको ।

त्यस्तै २३ गते नै सहिदभुमि गाउँपालिका ५ खोकु पुछारको वनबाट पनि अवैध रुपमा चिरानी गरी निकासी गर्न राखेको अवस्थामा प्रहरी चौकी आखिसल्लाबाट प्रहरी सहायक निरिक्षक कप्लेश्वर स्वर्णकारको कमाण्डमा खटीएको ४ जनाको गस्ति टोलीले फेला पारी बरामद गरेको र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यलय छिन्ताङवाट प्रहरी नायव निरिक्षक दिलिप कुमार श्रेष्ठको कमाण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले १७३ थान सालको चिरान काठ नियन्त्रणमा लिएको छ । सब-डिभिजन वन कार्यालयको अनुसार सो काठ नाप जाच गर्दा ७२.९७ क्यु फिट हुन आउछ ।

 

अबैध रुपमा काठ निकासी गर्ने व्यक्तीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।