जिल्ला बाहिर जाने यात्रुलाई हवाई टिकट पाउन मुस्किल

सिमकोट, २५ असोज । नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ ।

हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दसैँं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ ।

अन्य जिल्ला बाहिरबाट रोजगारी तथा कामको सिलसिलामा हुम्ला पुगेका नागरिकलाई यो समय टिकट पाउन मुस्किल हुने गरेको गुनासो आउन थालेको छ ।

नेपालगञ्ज तथा सुर्खेत जानका लागि सिमकोट विमानस्थलमा बिहानको समयमा टिकटका लागि यात्रुको चाप बढी हुने भए पनि जिल्ला बाहिरिनेका लागि टिकट पाउन मुस्किल हुने गरेको छ ।

दसँैंको समयमा नेपालगञ्ज तथा सुर्खेतबाट उडान भर्दै आएका निजी एयरलाइन्स सीता, तारा र समिटले कम उडान भरेका कारण यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । अन्य समयमा सुर्खेत, नेपालञ्जबाट दैनिक १५ भन्दा बढी उडान भर्दै आएका निजी जहाजले यो समय एक दुई उडान भरेका कारण जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

दसँैं तिहारको समयमा एकैपटक ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले विमानस्थलमा चाप बढ्नाका साथै टिकट पाउन मुस्किल हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖