हिले-उत्तरपानी-छिन्ताङ-त्रिवेणी सडक निमार्ण कार्य शूरु

धनकुटा । हिले-उत्तरपानी-छिन्ताङ-त्रिवेणी सडक निमार्ण कार्य शूरु भएको छ । प्रदेश १ का मुख्य मन्त्रि भिमप्रसाद आचार्यले निमार्ण कार्य शूरु हुन लागेको सडकको एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको छ ।

सडकको शिलान्यास गर्नु हुदै मुख्य मन्त्री आचार्यले खोकु छिन्ताङ महत्वपूर्ण ऐतिहासिक भुमि पर्यटकीय स्थललाई जोड्ने ऐतिहासिक सडक निमार्ण कार्यको सुरुवात भएको बताउनु भयो । सडक निमार्ण पछि छिन्ताङ देवीमन्दिर दर्शनका लागि जान भक्तजनलाई सहज हुने भन्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनु भयो ।

धनकुटालाई उन्नत जिल्लाको रुपमा विकास गर्न सडक सँगसँगै युनिभरसिटी स्तरको प्राविधिक शिक्षालय विकास गर्नु पर्ने जरुरी रहेको भन्दै युनिभरसिटी स्तरको प्राबिधिक शिक्षालय विकास गर्ने तर्फ जोड दिनु भयो । उहाँले धनकुटा जिल्ला विकासका लागि आफ्नो तर्फबाट पहल गरिरहेको पनि बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले धनकुटाका जनतालाई खुशी र सुखी राख्नका लागि आफूहरुले काम गरिहेको दावी गर्दै एमालेको सरकारले धनकुटा जिल्लाको विकासको लागि १० खर्ब रुपयाँ विनयोजन गरेकोमा अहिलेको गठवन्धन सरकारले ७ खर्ब रुपयाँ कटौती गरेको आरोप लगाउनु भयो ।

त्यसैगरी १ नं प्रदेश सभा सदस्य एवम न्याय प्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रमणी पराजुलीले ऐतिहाशिक पर्वतिय श्रृङ्गखलाहरु जोड्ने धामिर्क तथा पर्यटकिय सडकको शिलान्यास भएको भन्दै यो कार्य धनकुटाको समृद्धिका लागि कोसे ढुङ्गा सावित हुने दावी गर्नुभयो । यो सडकको पहिलो चरणमा १० किलोमिटर २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैया ३१ पैसा बराबर लगतमा कालोपत्रे हुने छ । सडकको २०७८ अशोज ६ गते रायमाझी आजात जेभि काठमाण्डौ सँग सम्झौता भएको प्रादेशिक बिशेष सडक निमार्ण अयोजना विराटनगरका निमित्त साहायक प्रमुख दिप नारायण शाहले जानकारी दिनुभयो । सडक निमार्ण कार्य २०७९ साल चैत ६ गते सम्पन्न गरि सक्ने सडक निमार्ण आयोजना विराटनगरले जनाएको छ । प्र

देश १ सभा सदस्य निरन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश १ उद्योग वन तथा पर्यटन राज्य मन्त्रि उतम बस्नेत, जिल्ला समन्यवय समिति धनकुटाका प्रमुख टंक चौहान,जिल्ला प्रशासन प्रमुख कृष्णप्रसाद पन्थ नगरपालिका प्रमुखहरु चिन्तन तामाङ, पर्शुराम नेपाल , गाँउपालिका अध्यक्षहरु मनोज राई, शेर बहादुर लिम्बु लगायतको उपस्तिथिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।