धनकुटाको चौबिसेमा पहिरोले घर पुरिंदा ६ को मृ त्यु,६ घाइते
धनकुटा,३ कार्तिक । धनकुटाको चौबिसे गाउंपालिका बुधबारेमा गएराति गएको पहिरोले भिम बहादुर श्रेष्ठको घर पुरिंदा ६ जनाको मृ त्यु भएको छ भने अन्य ६ घाइते भएका छन् ।
मृ त्यु हुनेमा ६० बर्षिया भिम बहादुर शेष्ठ,वहॉंका नाती ९ बर्षिया विनोद श्रेष्ठ,नातिनी अन्दाजी ९ बर्षिया निर्जला श्रेष्ठ रहेका छन् ।
त्यसैगरि दमक ११ झापा बस्मे संजय श्रेष्ठ,झापा बस्ने ३८ बर्षिया लक्ष्मी श्रेष्ठ र ठेगाना नखुलेको ७ बर्षिया दिप्सन श्रेष्ठ रहेका छन् ।
घाइतेहरुमा भेष बहादुर श्रेष्ठ,२९ बर्षिया लीला श्रेष्ठ,५४ बर्षिया गढिती कुमारी श्रेष्ठ,३३ बर्षिया उषा श्रेष्ठ रहेका छन् ।
त्यसैगरि अन्य घाइतेहरुमा ११ बर्षिया सन्जल श्रेष्ठ र २८ बर्षिया चन्द्र कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिनु भयो ।
अन्य क्षतिको विवरण आउन बॉंकी रहेको र घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचारका लागि लैजाने तयारी भइरहेको पनि जानकारी दिनु भयो ।


