शहिदभूमिमा ग्रामीण तथा मुख्य राजमार्ग जोड्ने सडक पहिरोले अवरुद्द
धनकुटा । सोमबार देखि परेको अविरल वर्षाका कारण धनकुटाको शहिदभुमि गाउँपालिकाको विभिन्न ग्रामीण सडक तथा हाईवे जोड्ने सडक भत्किएका छन् ।
गाउँपालिका भित्र रहेको सडकमा ठाउँ ठाउंमा पहिरो खसेर सडक अवरुद्ध हुदा स्थानीयलाई आवातजावतमा गर्न समस्या भएको वडा नं ७ का वडा अध्यक्ष बमबहादुर राईले जानकारी दिनुभएको छ ।
गाउँपालिकाको सदरमुकाम जोड्ने धनकुटा त्रिवेणी मुलघाट , थलथले चाम्चा जाड्ने लगायतका पालिका भित्रको ग्रामीण कृषि सडक दर्जन बढिमा पहिरोले क्षति पुर्याएको वडा अध्यक्ष राईले जानकारी दिनुभएको छ ।


