प्रदेश सरकारले मृ,तकका परिवारलाई रु दुई लाख प्रदान गरिने

कर्णाली, ५ कात्तिक । कर्णाली प्रदेश सरकारले बा,ढी, पहिरोलगायतका विपद्मा परी मृ,त्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दु,र्घटना बीमाबापत सोे रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

हालै आएको बेमौसमी बा,ढी, पहिरामा परी प्रदेशमा आठ जनाको मृ,त्यु र चार जना घा,इते भएका थिए ।

प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दु,र्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बा,ढी, प,हिरामा परी मृ,त्यु भएका हुम्लाका छ, कालीकोट र जुम्लाका एक-एक जनालाई राहत रकम दिने भएको हो ।

प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठका अनुसार विपद् व्यवस्थापन परिषद्को बैठकले बा,ढी र पहिराबाट अन्नबालीमा पुगेको क्ष,तिको लगत सङ्कलन गरी उचित क्ष,तिपूर्तिको व्यवस्था गर्ने, घा,इतेको निःशुल्क उपचार गर्ने, पूर्णरुपमा क्ष,ति भएका घरको विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि सङ्घीय सरकारसँग समन्वय गर्नेलगायतका निर्णय गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।