कांग्रेस वडा सभापती राईको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष ढंगले छानविन गर्न माग

कार्तिक ५,धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लाको सागुरीगढी गाउपालिका १० का नेपाली कांग्रेस वडा सभापती झगेन्द्र राईको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष ढंगले छानविन गर्न माग गरेको छ ।

घट्नाको प्रकृती, फेला परेको शवको अवस्था र घट्ना स्थिलको वस्तु स्थिति हेर्दा कार्तिक ३ गते खोलामा मृ त अवस्थामा फेला परेका वडा सभापति झगेन्द्रको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरी, प्रशासन समक्ष नेपाली कांग्रेस धनकुटाले माग गरेको हो ।

आज एक शोक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो साथै स्व वडा सभापति झगेन्द्र तत्कालिन धनकुटा नगरपालिका वडा नं ९ टेकुनालाका पूर्व वडा सभापती स्व दिल वहादुर राईको सम्मानमा आजदेखी तीन दिन सम्म पार्टी कार्यालयमा झण्डा झुकाएर कार्यालय बन्द गरेको छ ।

पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ति जारी गर्दै उहाहरुको सम्मानमा तीन दिनसम्म जिल्ला,प्रदेश सभा, निर्वाचन क्षेत्रिय कार्य समिति,पालिका कार्य समिति र वडा कार्य समितिको कार्याल बन्द गर्न आग्रह गरिएको छ । उनिहरुको निधनले नेपाली कांग्रेस धनकुटाले सच्चा इमानदार,शाहसिक,उर्जाशिल र कर्तव्य निष्ठ नेताहरु गुमाएकोले पार्टीलाई अपुरणीय क्षती पुगेको विज्ञप्तिमा उल्लेख छ ।

घट्नाको प्रकृती र फेला परेको लासको अवस्था र घट्ना स्थिलको वस्तु स्थिति हेर्दा वडा सभापती  राईको मृ त्यु रहस्यमय र शंकास्पत देखिएकोले घट्ना निष्पक्ष र गहिरो अनुसन्धान गर्न प्रहरी र प्रशासन संग माग गरिएको जिल्ला सचिव राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖