तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै

कृष्ण दर्नाल,पाल्पा, ६ कात्तिक । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा चन्द्रबहादुर रानाले बताउनुभयो ।

अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी अमेरिका पठाउने गरिएको उहाँको भनाइ थियो । पाल्पा पछिल्लो वर्ष व्यावसायिकरूपमा पशुपालनसँगै दूध र मासुमा आत्मनिर्भर बनेको छ ।

जिल्लामा उत्पादित भैँसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले विसं २०५२ मा तीन लिटर दूध बोकेर डेरीमा ल्याउनुहुन्थ्यो । उत्पादित दूधले उचित मूल्य नपाउँदा बजारको समस्याले हैरानी हुनुभएका उहाँ छुर्पीका निम्ति प्रख्यात इलाममा पुगी छुर्पी उत्पादन गर्न सिकेको बताउनुहुन्छ ।

स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले विसं २०७६ देखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गर्नुभएको र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहयोगमा यहाँबाट चिज तथा छुर्पी उद्योगमा दूधजन्य परिकार उत्पादन हुँदै आएको छ ।

छुर्पी उद्योगका सञ्चालक खरालले भन्नुभयो, “पहिला–पहिला दूध बिक्री गर्न समस्या हुँदै आएको थियो । दूध बिक्री हुन छाडेपछि आफैँले दूध बोकेर फिर्ता ल्याउनुपर्ने बाध्यता थियो ।” त्यसपछि दूध डेरी सञ्चालन गरी ताजा र स्वच्छ दूध खुवाउन थालिएको उहाँको जिकिर थियो । खरालले स्थानीयस्तरमा दूधको खपत हुँदा राम्रो मूल्य पाउने भएकाले दूधको विविधिकरण गर्न सुरुआत गर्नुभएकोे हो ।

उत्पादित दूध सहजरूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गरेको छ ।

दूधलाई प्रशोधन गरी छुर्पी उत्पादन गरिन्छ । यहाँबाट दैनिक ५५ हजार छुर्पी जिल्ला बाहिर निर्यात हुन्छ । उपभोक्तालाई चाहिने दूध, दही र पनिरबाट बाँकी रहेको दूधबाट छुर्पी उत्पादन गरी किसानलाई मिल्क होलीडेबाट बञ्चित गराउने गरिएको सञ्चालक खरालले बताउनुभयो ।

दूधको विविधिकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा २० भन्दा बढी युवाले रोजगारी पाएका छन् । उक्त उद्योगले न्यूनतम रु १३ हजारदेखि २७ हजारसम्म आम्दानी गर्न सफल बनेको जिल्ला भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ छहराका नारायणबहादुर रायमाझी सन् २०१३ मा विदेशबाट फर्किनुभयो ।स्वदेश फर्केपछि लाम्रो समय बेरोजगार हुनुभएका उहाँ जिल्लाभित्रै छुर्पी उद्योगमा काम पाउनुभयो । स्वदेशमै काम पाएपछि रायमाझीले विदेश फर्किने मन गर्नुभएको छैन ।

उक्त उद्योगमा उहाँझै विदेशबाट फर्केका अन्य युवाले पनि रोजगारी पाएका छन् । उनीहरुले आफूलाई स्थानीयस्तरमै रोजगारी पाएपछि खुसी लागेको बताए । दूधको नयाँ–नयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना भएको छ । पाल्पाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्वित भएका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।