सभापति राईको शंकास्पद मृ’त्यु भएको भन्दै निष्पक्ष छानविन गर्न प्रदेश क्षेत्रीय कार्यसमिती “क” को माग
धनकुटा,७ कार्तिक। नेपाली कांग्रेसका धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं १० का सभापती झगेन्द्र राईको मृ’त्यु र’हस्यमय र शं’कास्पद भएकोले निष्पक्ष ढंगले छानबिन गर्न नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिती ‘क’ धनकुटाले माग गरेको छ ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिती क का सचिव रमेश श्रेष्ठ र सभापती जितेन्द्र राई द्धारा आज जारी गरिएको विज्ञप्तीमा यस्तो माग गरिएको हो ।
श’व फेला परेको स्थानको अवस्था, वस्तु स्थिती, श’वको अवस्था, घटना स्थलको प्रकृति लाई हेर्दा राईको मृ’त्यु शं’कास्पद र र’हस्यमय देखिएकोले गहिरो रुपमा घट्नाको निष्पक्ष छानविन गर्न नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमितीले प्रहरी र प्रसासन संग माग गरेको छ ।
राईको श’व गत कार्तिक ३ गते खोलामा अवस्थामा फेला परेकोको थियो । झगेन्द्रको निधनको खबर सुनेपछि उहाँकी श्रीमती अनुको पनि निधन भइ सकेको छ ।



