छाेरीकाे घर हिँडेका वृद्धको खोलाले ब’गाएर मृ’त्यु

धनकुटा, ७ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले ब’गाएर एक वृद्धको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा चौबीसे गाउँपालिका-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान खोला गर्नेक्रममा खड्कालाई खोलाले ब’गाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपककुमार रायले जानकारी दिए। छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले ब’गाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयबासीले उद्धार गर्दा मृ’त अवस्थामा फेला पारेका थिए।

यो पनि पढ्नुहोस्…

एमालेको वडा अधिवेसन : कास्कीमा महिला शून्य

पोखरा, ७ कात्तिक/एमालेको १०औं महाधिवेशनअन्तर्गत शनिबार वडा अधिवेशन भएको छ । कास्कीका ७२ वटै वडामा आइतबार दिउँसोसम्म नतिजा आएको छ ।

अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही वडामा भने मतदान भएको छ । कास्कीमा ७२ मध्ये कुनै पनि वडामा महिला नेतृत्वमा आएका छैनन् । एउटा मात्रै वडामा दलित नेतृत्व आएका छन् । यहाँ आदिवासी जनजाति नेतृत्व पनि निकै कम निर्वाचित भए ।

एमालेले पनि नेतृत्व तहमा महिला र पिछडा वर्गलाई खासै महत्व दिएन । यसअघि कांग्रेस अधिवेशनमा पनि महिला नेतृत्व शून्य भएको थियो । एमालेले दुईवटा वडामा दलितलाई अध्यक्ष बनाएको छ । पोखरा-३ मा सुरेन्द्र परियार र रुपा-७ मा कृष्ण विक अध्यक्ष बनेका हुन् । अन्य वडामा खसआर्यको बाहुल्यता छ ।

पोखरा महानगरपालिका-१ मा रामविक्रम राणा, २ मा दीपक शाह, ३ मा सुरेन्द्र परियार, ४ मा शंकरबहादुर कोइराला, ५ मा विष्णु बराल, ६ मा बलराम पहारी, ७ मा किशोर बराल, १० मा सूर्य बानियाँ, ११ मा मिनबहादुर गुरुङ, १२ मा बलराम ढुंगाना अध्यक्षको रूपमा चयन भएका छन् ।

यस्तै, १३ मा निलकण्ठ सिग्देल, १४ मा बटुकृष्ण कुँवर, १५ मा भोजबहादुर गुरुङ, १७ मा रिषभ तिमिला, १८ मा पुष्कल थापा, १९ मा विष्णु गौतम अध्यक्ष बनेका छन् । २२ मा राजेन्द्र बराल, २४ मा शिव सुवेदी, २५ मा ऋषिराम पौडेल, २७ मा सूर्यमणि लामिछाने अध्यक्ष छन् । २८ मा रामकृष्ण तिवारी, २९ मा प्रमोद भण्डारी, ३० मा कृष्ण अधिकारी, ३१ मा चिरिन्जीवी बन्जरा, ३२ मा चिरन्जीवी तिवारी, ३३ मा दीपक लामिछाने निर्वाचित भएका छन् ।

वडा नम्बर ८, ९, १६, २०, २१, २३ र २६ लगायत वडामा अधिवेशन प्रक्रिया सुरु भएर पनि स्थगित भएको छ । नेतृत्वमा धेरैले दावी गरेपछि विवाद सिर्जना भएको बताइएको छ । ‘ती वडामा अधिवेशन सुरु भयो । तर बन्द सत्र पनि चलेन । कतै बन्द सत्र चले पनि स्थगित भयो,’ एमाले नेता तेजनारायण अधिकारीले भने ।

अन्नपूर्ण गाउँपालिकाका कुनै पनि वडामा महिला र दलित अध्यक्ष छैनन् । वडा नम्बर १ मा छविलाल दाहाल, २ मा नारायण भण्डारी, ३ मा महेश्वर पौडेल, ४ मा कृष्ण केसी, ५ मा लालबहादुर केसी, ६ मा एकदेव देवकोटा, ७ मा दुर्गाबहादुर क्षेत्री, ८ मा टंक सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ मा गुञ्जमान गुरुङ अध्यक्ष बनेका छन् ।

मादीका १२ वटै वडामा अधिवेशन शनिबार नै सकिएको छ । यहाँका कुनै पनि वडामा महिला र दलित नेतृत्व छैन । यद्यपि यहाँका वडाहरुमा आदिवासी जनजातिको बाहुल्यता देखिएको छ ।

मादीको १ नम्बर वडामा भीमराज गुरुङ, २ मा कुमार गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा रवीमोहन सापकोटा, ५ मा बाबुराम सापकोटा अध्यक्ष बनेका छन् । यस्तै, ६ मा दीलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा लालबहादुर गुरुङ, ९ मा श्रीप्रसाद गुरुङ (गोपाल), १० मा विजय गुरुङ, ११ मा नन्दजंग गुरुङ र १२ मा प्रकाश बराल नेतृत्वमा चयन भएका छन् ।

माछापुच्छे गाउँपालिकामा समेत महिला नेतृत्व छैन । १ नम्बरमा अनुप गुरुङ, २ मा हुकुमसिंह गुरुङ, ४ मा टेकबहादुर श्रेष्ठ, ५ मा हुमलाल लामिछाने, ६ मा रुद्रबहादुर केसी, ७ मा कुलप्रसाद भण्डारी, ८ मा कृष्णप्रसाद दवाडी र ९ मा टेकबहादुर श्रेष्ठ वडाध्यक्षको रुपमा निर्वाचित भए । ३ नम्बर वडाको नतिजा आउन बाँकी छ ।

रुपा गाउँपालिका वडा नम्बर १ मा कृष्णकुमार श्रेष्ठ, २ मा कृष्णप्रसाद ओझा (धनपति), ३ मा दीपेन्द्र गौतम, ४ मा रमेश रेग्मी, ५ मा तिलकबहादुर अधिकारी, ६ मा ज्ञानेन्द्रराज सुवेदी र ७ मा कृष्णबहादुर विक अध्यक्ष भएका छन् । रुपा र मादीका सबै वडा सर्वसम्मत भएका हुन् । महिलाहरू आफै पनि नेतृत्वमा दावी नगरेका कारण ल्याउन नसकिएको अधिकारीले बताए । ‘धेरैपटक आउनुस् भन्यौं । तर उहाँहरू पनि चासो दिनुहुन्न,’ उनले भने, ‘नेतृत्वमा नै ल्याउनुपर्ने हो । आगामी निर्वाचनमा यसबारे गम्भीर भएर सोच्छौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।