नेपाली कांग्रेसका नेता कार्यकर्ता पहिरापीडितको घर-घरमा

बैतडी, ८ कात्तिक। नेपाली कांग्रेसका नेता कार्यकर्ता प,हिरापीडितको घरमा पुगेका छन् । पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्न यहाँका कांग्रेस नेता कार्यकर्ता पहिरापीडितको घर–घरमा पुगेका हुन् ।

जिल्ला सभापति नरेन्द्रसिंह थापा, नेता चतुरबहादुर चन्द, रमेश पाण्डेय, प्रेम चन्द, देवराज जोशी, दशरथसिंह चाड, पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द, नेता शिवराज भट्ट, सुरेन्द्र ऐर, हीरा चन्द, कृष्णबहादुर चन्द, रवीन्द्रबहादुर चन्दलगायतको टोली पीडितको घरमा पुगेको हो ।

टोली आज शिवनाथ गाउँपालिका–३,४,५ र ६ का पहिरापीडितको घरमा पुग्नुभएको छ । पहिरामा परेर शिवनाथका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो । साथै सुर्नया गाउँपालिका– ५ की परुदेवी महराको पनि पहिरामा परेर मृत्यु भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।