बैंकमा पहुँच कम भएका ५० जनालाई वित्तिय साक्षरता सम्बन्धि वचत,ऋण, लगानी र विप्रेषण वारे सचेत
धनकुटा । सांग्रिला डेभलपमेन्ट बैंक धनकुटा शाखाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गर्दै मनाईरहेको छ । साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गर्दै बैंकले आफ्नो १७ औं वार्षिकोत्सव मनाईरहेको हो । सोही अवसरमा धनकुटा बेलाहाराका बैंकमा पहुँच कम भएका ५० जनालाई वित्तिय साक्षरता सम्बन्धि वचत,ऋण, लगानी र विप्रेषण वारे सचेत गराईएको छ ।
त्यहाँका जालपा देवी कृषी सहकारीका अध्यक्ष वीर बहादुर वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको वीच उनिहरुलाई उल्लेखित विषयमा सचेत गराईएको बैकले जनाएको छ । कार्यक्रमको उद्देश्य,वचत,ऋण, लगानी र विप्रेषण सम्बन्धि प्रकार,फाईदा,महत्व,वचत गर्ने तरिका,बैक सम्वन्धि परिचयपत्र,सफल काम तथा सहभागीको जिज्ञासावो बैंकका शाखा प्रवन्धक सुवास पौड्यालले प्रकाश पौड्यालले स्पष्ट पार्नुभएको थियो । साथै यही कार्तिक १३ गते घरदैलो कार्यक्रम गर्दै बैकले आफ्नो १७ औं वार्षिकोत्सव समापन गर्ने तालिका रहेको जानकारी दिईएको छ ।
सामुदायिक विद्यालयसँग प्रस्ताव माग
वाग्मती, १० कात्तिक । कूल ७६ वटा सामुदायिक विद्यालय रहेको हेटाँैडा उपमहानगरपालिकाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको जनाएको छ । सो उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विभिन्न मितिमा सूचना प्रकाशित गरी कार्यक्रम आवश्यक भएका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको बताइएको छ ।सङ्घीय सरकारको २० लाख बजेट अनुदानबाट स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिनुभयो ।
माविमा स्मार्ट बोर्ड र प्रोजेक्टमा आधारित सिकाइ, आधारभूत विद्यालयमा कम्तीमा एक कम्प्युटर, एक ल्यापटप र प्रिन्टर, नमूना वाल विकास कार्यक्रमका लागि सामग्री सहयोग, विद्यालयहरुमा युरोगार्ड जडान र गणित विषयको प्रयोगशाला निमार्णका लागि प्रस्ताव माग गरिएको बताइएको छ ।
विद्यालयहरुबाट प्राप्त भएका प्रस्तावहरुको मूल्याङ्कन गरेर आवश्यकता र औचित्यका आधारमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख रिमालले बताउनुभयो सो कार्यक्रमका लागि इएमआइएस अपडेट, विद्यार्थी सङ्ख्या र सामाजिक परीक्षण जस्ता विभिन्न आधारमा विद्यालयको मूल्याङ्कन हुने बताइएको छ । यसैबीच हेटौँडा उपमहानगरपालिकाअन्तर्गत रहेका १२२ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २९ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ( इएमआइएस) नबुझाएको जनाइएको छ ।
त्यस्तै ९३ विद्यालयले तोकिएको समयभित्र इएमआइएस बुझाएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । जसअन्तर्गत ६२ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस बुझाएको छ भने १४ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस नबुझाएको बताइएको छ । इएमआइएस नबुझाएको सम्पूर्ण विद्यालयको कार्यक्रम रोकिने महाशाखाप्रमुख रिमालले बताउनुभयो । समयमै इएमआइएसकै कारण शिक्षकको तलब, आठ कक्षाको परीक्षा रोकिनाका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने महाशाखाले जनाएको छ ।


