वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

मकवानपुर, ११ कात्तिक ।वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गर्नुभएको छ ।यसैगरी मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

मेयर कप फुटबल : खुमलटार विजयी

काठमाडौँ, ११ कात्तिक । एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गर्नुभयो ।

जितसँगै समूह डि मा रहेको खुमलटारले दुई खेलबाट ६ अङ्क जोडेको छ । खुमलटार शीर्ष स्थानमा प्रवेश गरेको छ । ‘फुटबलर्स मिसन टुगेदर’को आयोजनामा जारी उक्त प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उपविजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।