ह,त्याको आ,रोपमा एक प,क्राउ

कैलाली, १३ कात्तिक । कैलालीमा धारिलो हतियार प्रयोग गरी ह,त्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो ह,तियार (च,क्कु) प्रहार गरी घा,इते बनाएका थिए । घा,इते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृ,त्यु भएको प्रहरीले जनाएको छ । किरणलाई प,क्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।

यो पनि पढ्नुहोस..राष्ट्रपति भण्डारी ढोरपाटनमा
बागलुङ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन आइपुग्नुभएकी उहाँले आरक्ष कार्यालयको निरीक्षणसमेत गर्नुभयो । निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आरक्षमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गर्नुभएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । राष्ट्रपति भ्रमणमा आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी हिजै ढोरपाटन पुगेका थिए । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो ।

सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖