सरकार सदैव विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न प्रतिबद्ध छ- प्रधानमन्त्री

–विशेष प्रतिनिधि भीष्मराज ओझा ,काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभएको छ । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो । गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई त्यो सम्भव नरहेको उहाँको भनाइ थियो ।

उहाँले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गर्नुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका सम्बन्धमा उहाँकोे ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुग्नुभएको हो ।

यो पनि पढ्नुहोस्..‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’
चितवन, १४ कात्तिक। वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै उहाँले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुङ्गोमा पुगिने बताउनुभएको हो ।

कोरोनाबाट सञ्चार माध्यम र पत्रकार प्रभावित भएको आफूहरुलाई स्पष्ट रुपमा जानकारी भएको उल्लेख गर्दै उहाँले छिटो सरोकारवालासँग छलफल गरिने बताउनुभयो । सो अवसरमा मन्त्री खनालले आमसञ्चार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “चितवन देशकै मध्यभागमा पर्ने भएकाले यहाँबाट देशभरका पत्रकारले लाभ लिन सक्छन् ।” आफ्नो मन्त्रालयले विभिन्न क्षेत्र हेर्ने भए पनि आफू मन्त्री भएलगत्तै पहिलो निर्णय पत्रकारसँग सम्बन्धित कार्यविधिमा हस्ताक्षर गरेको बताउनुभयो ।

कार्यक्रममा महासङ्घका वाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले यसअघि प्रदेश सरकारले निर्णय गरेको सञ्चार क्षेत्र विरोधी निर्णयको खारेजीको माग गर्दै सञ्चारमैत्री कानून निर्माण गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफैले सञ्चारमाध्यम सञ्चालन गर्न पर्दैन, सरकारका सकारात्मक कामको निजी सञ्चार माध्यमले गर्दछन् ।” कार्यक्रममा महासङ्घका प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, सचिव युवराज पुरी, रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे, नुवाकोट शाखाका अध्यक्ष कपिलदेव खनाल लगायतले बोल्नुभएको थियो । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖