नेता सिटौला-महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ

काठमाडौँ, १५ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा आज मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा उहाँले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “हामी महाधिवेशनको क्रममा छौँ, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक सही ढङ्गले प्रयोग गर्नुस्, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ”, नेता सिटौलाले भन्नुभयो । पार्टीका पूर्वमहामन्त्री समेत रहनुभएका सिटौलाले न्यायालयभित्रको झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

“कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान गरेको छ, आवश्यक परे न्यायालयको झगडामा पनि समाधान दिन सक्छ”, उहाँले भन्नुभयो । संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भए पनि अघिल्लो सरकारले संविधानले दिएका विषय अगाल्न नसक्दा सरकार परिवर्तन भएको उहाँले उल्लेख गर्नुभयो । कांग्रेस नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको बताउनुभयो । उहाँले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । कांग्रेस तारकेश्वरका सभापति कृष्णहरि महर्जनले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो हुन नसक्ने ठोकुवा गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकालाई स्वागत गरिएको थियो ।

यो पनि पढ्नुहोस्..पचासी हजार घरमध्ये ६६ हजार घरमा बसोबास
गोरखा, १५ कात्तिक । गोरखा जिल्लामा करिब ८५ हजार घर सूचीकरण भएकामा झण्डै १९ हजारमा मानिसको बसोबास नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाभित्र गरिएको घरपरिवार सूचीकरणमा करिब ८५ हजारको घर सूचीकरण भएकामा त्यसमध्ये करिब ६६ हजार घरमा मानिस बसोबास गरेको पाइएको तथ्याङक कार्यालयका प्रमुख महेशप्रसाद ढुङगानाले जानकारी दिनुभयो ।जिल्लाभित्र यही भदौ ३० गतेदेखि असोज १८ गतेसम्म गरिएको घरपरिवार सूचीकरणको प्रारम्भिक तथ्याङ्कअनुसार १९ हजारभन्दा बढी घरमा मानिस बसोबास नरहेको पाइएको प्रारम्भिक तथ्याङक प्राप्त भएको उहाँले बताउनुभयो ।

मानिस बसोबास नभएका घरमध्ये केही बसाइँसराइ गरी गएका तथा बाहिर घर भएर पनि भूकम्पीय जोखिममा रहेको पाइएको प्रमुख ढुङगानाले जानकारी दिनुभयोे । प्रारम्भिक तथ्याङकमा जिल्लामा ६६ हजार घरमा मानिसको बसोबास भए पनि परिवारको सङ्ख्या भने करिब ७१ हजार रहेको छ । ‘तथ्याङ्क सङ्कलनका क्रममा कतिपय एउटा घरमा दुई परिवारसमेत बसोबास गरेको पाइएको छ, उहाँले भन्नुभयो,“जसले गर्दा मानिस बसोबास गरेको घरको सङ्ख्याभन्दा परिवारको सङ्ख्या झण्डै पाँच प्रतिशतले बढी हुन आएको छ।”

घरपरिवार सूचीकरणको तथ्याङ्क सङ्कलनमा खटिएका ९८सुपरीवेक्षले जिल्लाभित्र रहेका कृषिको लगत, सरकारी अनुदानमा घर निर्माण भए नभएको, प्राविधिक शिक्षा लिए नलिएको, बैंकसँग ऋण लिए नलिएको बारेमा पनि तथ्याङ्क सङ्कलन गरिएको थियो । जिल्लामा यही कात्तिक २५ गतेदेखि हुने मुख्य जनगणनाका लागि ४०२ गणक परिचालन हुनेछन् । जनगणनाका लागि विभिन्न पाँच केन्द्र निर्धारण गरिएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित हुने जनगणनामा खटिने कर्मचारीलाई सहयोग गरी सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।