पोखरेलद्वारा भेटेरेनरी अस्पतालको शिलान्यास

तनहुँ, १७ कात्तिक ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ, डोवाटे विक र बिन्दु थापाको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले मङ्गलबार सो अस्पतालको शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले भावी दिनमा पशु उपचारका क्षेत्रमा अस्पतालले नमूनाका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । भेटेरेनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा हाल पशु विज्ञ केन्द्र भएकै स्थानमा निर्माण हुन लागेको सो भेटेरेनरी अस्पतालमा दुई प्रयोगशाला र २३ कोठा निर्माण गरिने छ ।

अस्पतालले पशुका लागि अत्यावश्यकीय शल्यक्रिया, थेरापी तथा आइसीयू र युएसजीसमेतका सेवा उपलब्ध गराउने छ । रु १० करोडको लागतमा मोडल भेटेरेनरी अस्पताल निर्माण हुन लागेको हो । उक्त अस्पताल तनहुँ र आसपासका जिल्लाको नमूना हुने केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो । उक्त भवनमा तालिम कक्ष, बैठक कक्ष र पुस्तकालयका अतिरिक्त आवाससमेत रहने छ ।

यो पनि पढ्नुहोस्..स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालन गर्न पहल
रसुवा, १७ कात्तिक । स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ । छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य भइरहेको छ । स्थानीय प्रशासनले नदी किनारको सडक सुधारको पहल सुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैशीलगायत सुरक्षा निकायसमेतको टोलीले स्थलगत निरीक्षण गरी हिउँदयामभर नदी किनारको छोटो मार्ग तत्काल सञ्चालनमा ल्याउन जिम्मेवार निकायलाई आग्रह गरेको हो । नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्न सडकखण्डमा बगेको पानीलाई एकत्रित गर्ने, खाल्डाखुल्डी सम्याउने तथा सडक ग्राभेल गर्ने काम यथाशक्य छिटो गराउन सडक सुधार आयोजनालाई प्रजिअ जैशीले निर्देशन दिनुभएको छ ।

“चाडपर्व सकिँनासाथ निर्देशन कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ”, सहायक प्रजिअ दुर्गा थापाले भन्नुभयो । स्याफ्रुबेँसीबाट मैलुङसम्मको १७ किमी सडकको तत्काल सुधार गर्नुपर्ने देखिएको छ । गत असारको भारी वर्षाका कारण स्याफ्रुबेँसी–मैलुङ सडकखण्डमा क्षति पुगेको थियो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक विस्तार आयोजनाले सुधारका सबै काम स्थगन गरेपश्चात सवारीसाधन आवतजावत बन्द गरिएको थियो ।रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सहयोगमा वर्षायामको अवरोध दसैँअगावै हटाइ यातायात सञ्चालन सहज पार्न धुञ्चे पुछारको त्रिशूली खोलामा फलामे पुल निर्माण गरिएको छ । गल्छीबाट त्रिशूली, मैलुङ, स्याफ्रुबेँसीसम्म त्रिशूली तथा भोटेकोसीको किनारको सडक व्यवस्थित गर्न गत वर्षदेखि काम अगाडि बढाइएको हो । कोरोना सङ्क्रमण र बाढीपहिराका कारण उक्त सडकको काम अघि बढ्न नसकेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖