अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ

किमाथाङ्का, १७ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताउनुभएको छ । प्रेस सन्ेटर नेपाल सङ्खुवासभाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताउनुभयो । सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उहाँले बताउनुभयो । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उहाँले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताउनुभयो । किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उहाँको भनाइ थियो । नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताउनुभयो । उहाँले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्..सिङगामा व्यावसायिक फूलखेती
म्याग्दी, १७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ । तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो । आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो । बागलुङ, बेनी, कुश्माको बजार र सिङ्गा आसपासका क्षेत्रमा प्रतिकिलो रु तीन सयका दरले फूल बिक्री सुरु गरेका छन् । सिङ्गा र वरपरका ठाउँबाट तिहारका लागि फूलको अत्याधिक माग आएको सञ्चालक केसीले बताउनुभयो ।

हरियालीले विगत तीन वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको छ । यसअघिका वर्षमा उन्नत जातको सयपत्री फूलखेती गरेको थियो । यसवर्ष धेरै समय टिक्ने स्थानीय सयपत्री जातको बिरुवा लगाएका छन् । उत्पादन र बिक्री राम्रो भएको सञ्चालक केसीले बताउनुभयो। अघिल्ला वर्षमा एकदेखि डेढलाख मूल्य बराबरको फूल बेचेको फार्मले यसपाली अझ बढी बिक्री हुने अनुमान गरेको छ । तिहारमा पूजाआजा र माला बनाउन फूलको प्रयोग हुन्छ । अन्य समय पूजाआजाका साथै सभा समारोह आयोजना गर्दा पनि अतिथिलाई स्वागत गर्न माला लगाईदिँदा फूल आवश्यक पर्छ । बेनी बजार र आसपासका क्षेत्रमा घरायसी प्रयोजनका लागि लगाएको फूलको बोटबाट बढी उत्पादन भएमा मात्र फूल बेच्ने चलन छ । केही वर्षयता तिहारमा बजार वरपरका ग्रामीण क्षेत्रका किसानले फूल बेच्न आउन थालेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖