पाख्रीवास नगरपालिकाले गर्यो एकैसाथ नगरको महत्वपूर्ण तीन काम,आगामी स्थानिय तहको चुनावमा फेरिपनि एमालेले क्लिनस्विप गर्ने : सॉंसद राई

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले एकैसाथ नगरको महत्वपूर्ण तीन काम गरेको छ । भुल्के खानेपानी पम्पिङ आयोजनाको शिलान्यास, नगरपालिकाको नव निर्मित प्रशासनिक भवन र भ्यूटावर उद्घाटनको काम एकै साथ गरेको हो ।

खानेपानी पम्पिङ आयोजना शिलान्यास , भवन र भ्यूटावर उद्घाटन गर्दै पाख्रीवास नगरपालिकामा नगरले गरेका विकास निमार्णको कामले गर्दा जनता निरास हुनुपर्ने अवस्था नरहेको भन्दै आगामी स्थानिय तहको चुनावमा फेरिपनि एमाले पार्टीले क्लिनस्विप गर्ने पार्टी अध्यक्ष तथा संघिय संसद राईले दावी गर्नु भएको छ ।

पाख्रिबास नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उदघाटन समारोहमा बोल्नु हुदै उहाले यस्तो बताउनु भएको हो । पाख्रिबासमा ४ वर्षको अवधिमा कृषि ,पर्यटन, सडक पुर्वाधार निमार्ण , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएको विकासको चर्चा गर्नुहुदै उहाले जनप्रतिनिधि शासक नभइ सेवक भएर जनताको दैनिक सरोकार सवालमा घरदैलोमा पुगेर सेवा दिइरहेको बताउनु भयो ।

त्यस्तै उहाले नगरमा भएको विकास निमार्णमा अवरोध गर्ने र तोडफोड गर्ने र त्यस्ता विकास विरोधिहरुलाई अब आउदै गरेको स्थानिय तहको चुनावमा जनताले समाप्त पार्ने बताउनु भयो । उहाँले आफुहरु जनताको मनजितेर चुनाव जितेर आउने वताउनुभयो ।

नगरपालिकाको सुबिधा सम्पन्न साढे दुइतलाको भवन उदघाटन कार्यक्रम नगर अध्यक्ष वृष बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि कार्यक्रमका अतिथिहरु एमाले पार्टीका नगर अध्यक्ष सान्तिराम गौतम , छथरजोरपाटी गााउपालिका अध्यक्ष सेर बहादुर लिम्बु र शहिदभुमि गाँउपालिका अध्यक्ष मनोज राईले कार्यक्रममा बोल्नु हुदै जनताको घरघरमा विकासको आधार तयार भएको बताएकाछन् ।

प्रशासनिक भवन सञ्चालनमा आएसंगै जनताले सम्पुर्ण सेवा सुबिधा सहज रुपमा प्राप्त गर्ने बताएकाछन् । त्यस्तै स्थानिय सरकार सधै समृद्धिको सपना पुरा गर्न सपनाहरुलाई पछएर अघिबढिरहेको बताएकाछन् । नगरको भवन निमार्ण २०७५ साल साउन बाट निर्माण कार्य थालिएको भवन २०७८ साल बैशाखमा निमार्णकार्य सम्पन्न भएको थियो ।

साढे दुइतलाको भवन निमार्णका लागि ४ करोड ४२ लाख २८ हजार ९ सय ३८ रुपैया खर्चलागेको नगरले जनाएको छ । सो उदघाटन समारोहको स्वागत मन्तवय नगरका उपाध्यक्ष देवकला तिम्सिनाले राख्नु भएको थियो । कार्यक्रममा शहिदभुमि गाउपालिकाको उपाध्यक्ष रत्नश्वरी राई , विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लागायत जनप्रतिनिधिहरु , कर्मचारी स्थानियको उपस्थिति रहेको थिय ।

सोही अवसरमा नगरको भुल्के खानेपानी पम्पिङ आयोजनाको शिलान्यास गरिएको छ । राम्चे डाडामा निमार्ण गर्न लागिएको आयोजनाको संघीय संसद राइले शिलान्यास गर्नुभएको हो । संघीय खानेपानी ,तथा ढल, व्यवस्थापन , मुगाखोला खानेपानी तथा सरसफाइ समिति र नगरको आर्थिक लगानीमा सम्पन्न हुने आयोजनाको निर्माण श्री सि। ए।बि युनिभर्सल जोइन्ट भेन्चर दमकले जिम्मा लिएको छ ।

आयोजनाको कुल लगत २८ करोड ५८ लाख ७२ हजार ४९ रुपैया रहेको छ भने सम्झौता रकम १३ करोड ७९ लाख ९३ हजार ९८ रूपैयाँ रहेको छ । यो आयोजनाको सम्झौता मिति २०७८ साल २३ गते रहेको छ भने आयोजनाको २०८० साल ३ महिना २२ गते रहेको छ । सोहि अवसरमा दिगो खानेपानिको व्यवस्थापनका लागि समितिले गरेको कामको मुल्यांकन गर्नुहुदै नेपाल बैंक पाख्रिवासले रु २० हजार आर्थिक सहयोग गरेको छ ।

त्यस्तै गरी पाख्रिबास नगरपालिकामा निर्माण गरिएको भ्यूटावर को उदघाटन गरिएको छ । नगरपालिकाको पर्यटन विकास तथा प्रवद्वन गर्ने उदेश्यले १ करोड १४ लाख ३८ ९ सय ६५ मा भ्यूटावरको निर्माण कार्य सम्पन्न गरिएको टावरको संघीय संसद राईले रिवन काटेर उदघाटन गर्नु हो।

टावर उद्घाटन पछि पाख्रिबासमा भ्यूटावर निर्माण गरेर नगरको पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन भित्र्याउन सहयोग पुग्ने बताएकाछन् । समारोहमा भ्यूटार र नगरको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने व्यक्तिहरुलाई सम्मान ष्परएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।