सञ्चारकर्मी बङ्गुरपालनमा लोभिँदै

तनहुँ, १९ कात्तिक । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लाग्नुभएको छ । बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित बन्नुभएको हो । विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उहाँले बताउनुभयो । तीन वटा माउले एक पटकमा १५÷१६ का दरले पाठापाठी दिँदा वर्षमा झण्डै रु छ लाख बराबर आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।

आफूलाई फुर्सद नभएको समयमा पति विजयले रेखदेख र दाना चोकर दिने कार्यमा सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । बङ्गुर छ÷छ महिनामा वर्षमा दुई पटक ब्याउँछ । हाल खोरमा छवटा माउ छन् भने २४ वटा पाठापाठी बिक्रीको लागि तयारी अवस्थामा पुगेका छन् । उहाँले भन्नुभयो, “पैँतालिस दिन पुगेपछि प्रतिपाठापाठी रु छ हजार ५०० का दरले बिक्री गर्ने गरिएको छ ।” बिक्रीका लागि बजारको कुनै समस्या नभएको र मागअनुरुपको पु¥याउनसमेत नसकिएको उहाँले बताउनुभयो ।

अन्य व्यवसायको तुलनामा बङ्गुरपालन सजिलो, धेरै लगानी गर्न नपर्ने, पाल्न सजिलो हुने भएकाले आफू यसतर्फ उत्साहित भएर लागेको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिकाबाट बङ्गुरको खोर सुधारका लागि रु १५ हजार अनुदान पाएको विक बताउनुहुन्छ । सुरुसुरुमा होटलबाट खानेकुरा सङ्कलन गरेर पाल्ने गरे पनि पछिल्लो समय ढुटो, पिना, कर्कलो र चोकर मिलाएर पकाई खुवाउने गरेको विक दम्पतीले बतयो । बङ्गुरका लागि कर्कलो उपयुक्त हुने भएकाले व्यावसायिकरूपमै करकलो खेतीसमेत गरिएको उहाँहरूले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖