धनकुटामा निर्मित शंखधर याख्वा प्रवेशद्वारको समुद्घाटन्
कार्तिक २२, धनकुटा । धनकुटाको त्रिवेणी चौक स्थित सब्जि लाईन श्रीवानी जाने सडकमा आकर्षक तथा कलात्मक शंखधर याख्वा प्रवेशद्वारको उद्घाटन गरिएको छ । धनकुटाको त्रिवेणी चौकमा निर्माण गरिएको शंघधर याख्वा प्रदेश द्वारको प्रदेश नं १ का सांसद कुसुम कुमारी श्रेष्ठले नेपाल सम्वत ११४२ को अवसर पारी उद्घाटन गर्नु भएको हो ।
प्रवेशद्वाको लागि प्रदेश सांसद श्रेष्ठको सांसद कोषबाट ५ लाख रुपैया र जन श्रमदान तथा विभिन्न मानुभावहरुबाट सहयोग संकलन गरी जम्मा १० लाख रुपैया वरावरको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष केदानाथ श्रेष्ठले वताउनु भयो ।
उद्घाटन कार्यक्रममा नेवा पुच धनकुटाका अध्यक्ष तथा नेवा देय दबुका निर्वमान केन्द्रिय उपाध्यक्ष नविन किशोर शाक्य,आदिवासी जनजाती उत्थान प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक आनन्द सन्तोषी राई,पूर्व डि आई जी दिनेश अमात्य,नेवा दे दवु धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधान,सल्लाहकार दिपक श्रेष्ठ धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं ५ का वडा सदस्य तथा नेवा पुच धनकुटा नगरका अध्यक्ष रोशन श्रेष्ठ,सिता श्रेष्ठ,निर्माण समितिका अध्यक्ष केदारनाथ श्रेष्ठ ,मिसा खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठ,प्रध्याक रमेश श्रेष्ठधनकुटा लेडि जेसिजका स्थापक अध्यक्ष प्रमिसा थापा श्रेष्ठ,धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लमान श्रेष्ठ लगायत सयौको सहभागीता रहेको थियो ।
कार्यक्रममा गेट निर्माणका लागि महत्वपूर्ण सहयोग गर्नु हुने प्रदेश नम्वर १ का सांसद श्रेष्ठ, निर्माण समितिका अध्यक्ष केदारनाथ श्रेष्ठ,आर्थिक तथा भौतिक सहयोगगर्नु हुने जंग वहादुर डंगोल,लोकेन्द्र रायमाझी,श्रीवानी टे«डस धनकुटा ७ का प्रोपाईटरहरु विपिन प्रधान,मनोज डंगोल,लिला कुमार डंगोल,सुन्दर श्रेष्ठ,उर्गेन शाक्य लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नेवा पुच धनकुटाका अध्यक्ष नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य मिस खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठ व्यक्त गर्नु भएको थियो भने नेवा देय दवु धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधानले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
यो पनि …बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
बागमती, २२ कात्तिक (रासस) ः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उहाँले भन्नुभयो । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बन्नुभएका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नहुने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।


