बो,क्सीको आरोपमा म,लमूत्र खुवाउने चारजना कारागारमा
जलेश्वर, २२ कात्तिक । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बो,क्सीको आरोपमा एक महिलालाई मानव म,लमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।
बडादसैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहितपरिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए । सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतोले दलेर मानव मलमूत्र खुवाएका थिए । सो घटनामा प्रहरीले कात्तिक १ गते अभियुक्तहरूलाई पक्राउ गरेको थियो।
यो पनि पढ्नुहोस..बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय
इनरुवा, २२ कात्तिक । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै उनीहरु छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।सुनसरीको इनरुवा– २ का बस्तीदेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासहितका मरिकले दिनरात बाँसको सामग्री बनाउन व्यस्त छन् । उनीहरुले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन सक्रिय रहेको सो समुदायका वीरेन्द्र मरिकले बताउनुभयो ।
छठ नजिएको बेला बाँसको सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अघिदेखि नै आफूहरु त्यस्ता सामग्री बनाउन लागेको उनीहरुको भनाइ छ । गाउँगाउँबाट अहिले नै बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताउनुभयो । छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्छ । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गर्छ । हरिनगरा र भुटहाबाट रु १५० देखि ३०० सम्ममा बाँस खरिद गरी सामग्री बनाइ स्थानीयवासीलाई बेच्न आफूहरु लागिपरेको राधे मरिकले बताउनुभयो । यता भुटाहाका मरिक लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाइरहेका छन् । मरिक समुदायको जीवनस्तर उकास्न बाँसको सामग्री नभइकन त्यसको विकल्प वा व्यावसायीकरणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।


