सामूहिक ब,लात्कारको अभियोगमा प्रहरीले तीन युवालाई प,क्राउ

गलेश्वर, २३ कात्तिक । सामूहिक ब,लात्कारको अभियोगमा प्रहरीले तीन युवालाई प,क्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले प,क्राउ गरेर सार्वजनिक गरेको हो ।
तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । “आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन”, उहाँले भन्नुभयो ।

एक्लै सुतिरहेको अवस्थामा ती युवाले ज,बर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो । उक्त घटना थामथुम पार्न गाउँका केहीले पी,डितका आफन्तहरूकै उपस्थितिमा पी,डित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ । मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई ब,लात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक ब,लात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस्..मिथिलाञ्चलमा सामा चकेवा पर्व आजदेखि
अजयकुमार साह,धनुषा, २३ कात्तिक । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यसपर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ । दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन् ।

सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । रङ्गिसकेको सामा चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।
समूहगतरूपमा चेलीबेटी तथा छोरीबुहारीले यसरी गीत गाउने गर्दछन्–
‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हातदश पोखरी खुनाइ दिए, चम्पा फूल लगाइ दिए
सामचको सामचको ऐहा हो,
ऐहा हो,
गुँढ खेतमे भसिया हो’

(अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाइदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु)
दश दिनसम्म यस्तै गीत गाएर सामा चकेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइका दीर्घायुको कामना गर्ने गर्दछन् । एघारौँ दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरी दिनभर सुकाएर बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले वनमा वा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।

संस्कृतिविद् रामभरोस कापडी मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवन्त रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको यो पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ । उहाँका अनुसार दाजुभाइ, दिदीबहिनीको प्रेमको मुख्य आधार भएको यो पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शन गर्दछ मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन् । जनकपुरधाम–२ की नितु मिश्र भन्नुहुन्छ, “मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निकै महत्वपूर्ण हुन्छ ।”

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले पनि टोल–छिमेकका दाजुभाइ तथा दिदीबहिनीसँग मिलेर पनि यो पर्व मनाउने गरेको उहाँ बताउनुहुन्छ । यसबाट दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको मिश्रको भनाइ छ । तराईको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व लोकप्रिय रहेको छ । मिथिलाञ्चलमा छठपर्व खरनाको दिनदेखि सामा चकेवा पर्व आगमन हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् ।

यसरी सुरु भयो सामा चकेवा
पद्म पुराणमा उल्लेख भएअनुसार श्यामा र बृन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्वका सम्बन्धमा झुटा कुरा लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । वीरह व्यथा भएका चारुबक्य र श्यामाले महादेवको तपस्या गरेर चकेवा चखेवी बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीका रूपमा वृन्दावनमा बस्न थाल्दछन् । त्यसैबेला राज्यको भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् ।

श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिएको र सबैले चुगलाको मुख झोस्नेछन् भनी दिएपछि रिसाएका चूडकले वृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्वाप्रति खुशी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ । यस पर्वमा श्यामा र चारुबक्यको चरारूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको बताइन्छ । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।