तामाङ पत्रकार सङ्घको अध्यक्षमा अञ्जली

बनेपा, २४ कात्तिक । तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाको धुलिखेलमा सम्पन्न चौँथो अधिवेशनबाट अञ्जली तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा तामाङको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित भएको हो । जसको उपाध्यक्षमा चित्र तामाङ, सचिवमा कृष्णबहादुर घिसिङ, सहसचिवमा लोकबहादुर तामाङ र कोषाध्यक्षमा सुनिता लुङबा रहनुभएको छ । सदस्यमा क्रमशः कृतिका घलान, अशोकबुद्ध लामा, जीवन तामाङ, सिर्जना तामाङ, विजय जिम्बा र लालध्वज तामाङ रहनुभएको छ । अधिवेशनबाट वाग्मती प्रदेश अधिवेशन प्रतिनिधिमा जगतमान बल, हीरामान बल, कृष्णबहादुर घिसिङ, सुनिता लुङबा, शर्मिला थिङ, मोतिलाल मोक्तान र चित्र तामाङ रहेका छन् भने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लागि अञ्जली तामाङ, लोकबहादुर लामा, कृतिका घलान, इकमान लामा, हीरामान लामा, डिलबहादुर थोकर, रोजन तामाङ र महेन्द्र थिङलाई छनोट गरिएको छ ।

सङ्घका महासचिव बुद्ध योञ्जन लामाको प्रमुख आतिथ्यतमा सम्पन्न जिल्ला अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डिलबहादुर थोकर, प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामा, समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य ध्रुव रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, फोटो पत्रकार सङ्घ वाग्मती प्रदेशका अध्यक्ष केशवराज पौडेल र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का जिल्ला अध्यक्ष चमार सिं लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्..भोलिदेखि जनगणनाः सम्पूर्ण तयारी पूरा
काठमाडौँ, २४ कात्तिक । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गर्न लागिएको सो अवसरमा जानकारी दिइयो ।

जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।
जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने उहाँले जानकारी दिनुभयो । यसपटकको जनगणनामा काठमाडौँ महानगरपालिकासमेत काठमाडौँ जिल्लाका छ नगरपालिकामा डिजिटल पद्दतिमा आधारित क्यापीविधि प्रयोग गरी ट्याब्लेटबाट विवरण सङ्कलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ ।

यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इ–सेन्ससविधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसङ्ख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले हरेक दश वर्षको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय र स्थानीयस्तरमा आधारभूत जनसङ्ख्याको तथ्याङ्क तयार गरी आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्याङ्कनसँग सम्बन्धित सामाजिक, जनसाङ्ख्यिक र आर्थिक सूचकको लागिसमेत सूचना प्रदान गर्न सकिने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖