सर्वोच्च अदालमा आज पनि तोकियो सबै खालका मुद्दामा पेसी

काठमाडौँ, २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । यही कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीश राणामाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो ।

सर्वोच्च अदालतमा कात्तिक ८ गतेयता मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको उल्लेख गर्दै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।

यो पनि पढ्नुहोस्..देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग
सिमकोट, २५ कात्तिक । हुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग गरेका छन् । शुभ दिपावलीका अवसरमा खेलिएको देउसी भैलोबाट उठेको रकमले जाडोबाट बच्नका लागि बालमन्दिर माविमा अध्ययनरत २७ विद्यार्थीलाई न्यानो टोपी तथा पञ्जा सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिनुभयो ।

यसैगरी सो रकमबाट सोही विद्यालयलाई बल तथा नेट सहयोग गरिएको छ । त्यस्तै देउसी भैलोबाट उठेको रकमले कक्षा १ देखि १० सम्मका कक्षा कोठामा डस्बिन र कुचोसमेत सहयोग गरेको उहाँले जानकारी दिनुभयो । यस्तै विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई पठनपाठनमा सहयोग पु¥याउनका लागि प्रत्येकलाई एक÷एकवटा मारकर पेनसमेत सहयोग गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।