धनकुटाको लेगुवामा आ’ग’ला’गी : दुई घर सहित १२ वटा मोटर साईकल ज लेर न’ष्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा गए राती आ’ग’ला’गी हुँदा दुई घर सहित १२ वटा मोटर साईकल ज लेर न’ष्ट भएको छ ।

कुल बहादुर तामाङको घरमा बाल कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको मोटर साईकल ग्यारेजमा विद्युत सर्ट भई आ’ग’ला’गी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आ’ग’ला’गीका कारण महेश कुमार राईको ढुङ्गा, माटो र टिनले बनेको तीन तले घर,४ वटा खसी,५० वटा कुखुरा ज’लेर न’ष्ट भएको छ भने कुल बहादुर तामाङको ढुङ्गा,माटोले बनेको दुई तले घर पनि जलेको छ ।

आ’ग’ला’गीमा परि ग्यारेजमा रहेको १२ वटा मोटरसाइकल पनि ज’लेर न’ष्ट भएको छ । क्षतिको यकिन विवरण आउन केही समय लाग्ने जनाईएको छ । राती दुई बजेबाट शूरु भएको आ’ग’ला’गी नेपाल प्रहरी र स्थानियवासीको सक्रियतामा विहान ५ बजे तिर नियन्त्रणमा आएक थियो ।-फाइल तस्बीर

यो पनि …हराउंदै कोदो र फापर खेती
झापा । सरकारले अनुदानका कार्यक्रम चलाउँदा पनि झापामा काेदो र फापर खेती हराउँदै गएको छ । विगतमा जिल्लाका विभिन्न ठाउँमा फापर र कोदो उत्पादन हुँदै आएको थियो । तर, बर्सेनि यसको खेती घट्दै गएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । फापर झापाको रैथाने बाली हो ।

झापामा बर्सेनि रैथाने बाली फापरको उत्पादन घट्दै गएको छ । कृषि ज्ञानकेन्द्र झापाका तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/०७६ मा एक हजार ६४० हेक्टरमा फापर खेती हुँदै आएको थियो । उक्त आर्थिक वर्षमा एक हजार ७२२ मेट्रिक्टर फापर उत्पादन भएको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा घटेर एक हजार हेक्टरमा एक हजार ५० मेट्रिक्टन फापर उत्पादन भएको उनले बताए ।

यस्तै, खेती गर्ने क्षेत्रफल घटेर आर्थिक वर्ष ०७७/०७८ मा नाै सय हेक्टरमा आएको ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा नाै सय मेट्रिक्टन मात्र फापर उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ । फापरले बजार पाउन छाडेपछि खेती गर्न छाडिएको कृषक बताउँछन् ।‘विगतमा फापरको बजार थिएन । बल्ल फापर बिक्न थालेको छ । तर, उत्पादन कम हुन्छ । लगानी पनि नउठेपछि खेती कसरी गर्ने ?,’ कमल-३ का कृषक भोजकुमार चापागाईं भन्छन्, ‘बरू यो समयमा मकै र हिउँदे धान लगायो भने उत्पादन राम्रो हुन्छ । फापरको सट्टा त धान, मकै लगाउन थालियो ।’

फापर मुख्यतः रोटीका लागि प्रयोग गरिन्छ । नेपालमा रोटी खाने संस्कार एकदम न्यून हुँदा फापरले बजार पाउन छाडेको ज्ञान केन्द्र झापाका प्रमुख सिंहले बताए । ‘मानिसहरू रोटीभन्दा खाना नै खान्छन्,’ उनले भने, ‘बजारमा फापरको माग एकदम न्यून छ । मूल्य पनि खासै पाउँदैन । बजार नपाएपछि फापर उत्पादन घट्दै गएको छ ।’

फापर मंसिरमा लगाएर फागुनसम्ममा उठाउने गरिन्छ । यो समयमा मकै र हिउँदे धान लगाइने भएका कारण पनि फापर घट्दै गएको ज्ञानकेन्द्र प्रमुख सिंहले बताए । ‘फापरभन्दा मकै र धानको उत्पादन धेरै हुन्छ । त्यसकारण हिउँदमा पनि धान र मकै खेती गर्नेको संख्या बढेको छ,’ उनले भने, ‘झापामा अहिले सिंचाइ धेरै ठाउँमा हुने भएकाले हिउँदमा धान खेतीतर्फ नै कृषकको आकर्षण छ ।’

फापरमात्र हैन झापामा कोदोको उत्पादन पनि बर्सेनि घट्दै आएको छ । जिल्लाको उत्तरी क्षेत्रमा लगाइने कोदो बर्सेनि घट्दै गएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७५/०७६ मा एक हजार ८०५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको थियो । उक्त क्षेत्रफलमा २५ सय २७ मेट्रिक्टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा उत्पादन क्षेत्रफल घटेर एक हजार १२ हेक्टरमा कोदो लगाइएको ज्ञान केन्द्रले जनाएको छ । उक्त क्षेत्रफलमा एक हजार ३०५ दशमलव ४८ मेट्रिक्टन कोदो उत्पादन भएको ज्ञानकेन्द्रको तथ्यांकमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा एक हजार हेक्टर क्षेत्रमा कोदो लगाइएको थियो । उक्त क्षेत्रफलमा एक हजार ३ सय मेट्रिक्टन कोदो फलेको ज्ञान केन्द्रले जनाएको छ । साउन अन्तिमदेखि भदौमा लगाएको कोदो मंसिर अन्तिमसम्ममा पाक्छ । कोदोको रोटी, ढिँडो र घरायसी मदिरा बनाउन प्रयोग हुन्छ । तर, पछिल्लो समय कोदोले बजार पाउन छाडेपछि बाली हराउँदै गएको ज्ञानकेन्द्र प्रमुख सिंहले बताए । कोदो, फापरलगायत लोपाेन्मुख बालीमा अनुदानको कार्यक्रम चलाइरहेको सिंहले बताए । ‘यी बालीमा अनुदान, औँजारमा अनुदानलगायतका प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ । तैपनि बाली बर्सेनि घटिरहेको छ,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।