धनकुटामा एभोकाडो महोत्सव हुंदै

धनकुटा,३ मंसिर । एभोकाडोको राजधानी घोषित धनकुटामा मंसिर ४ र ५ गते हुने दोस्रो एभोकाडो महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा हुने महोत्सव धनकुटा सदरमुकामको परिचय मोड स्थित एभोकाडो स्तम्भ भएको स्थनमा हुन लागेको छ ।

महोत्सवमा ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । दुई दिन सम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा ब्यपारीहरुका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।

दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रबद्र्धनका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक जनाएको छ । वि.स २०७५ सालमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।

यो पनि…महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको अनिवार्य व्यवस्था गर्न माग
काठमाडौँ, ३ मङ्सिर (रासस) : अन्तरपार्टी महिला सञ्जालले हरेक राजनीतिक दलमा महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको व्यवस्था अनिवार्य गर्न माग गरेको छ । सञ्जालले निर्वाचन ऐन एवं नेपालको संविधानको पूर्णरुपमा पालना गर्न सम्पूर्ण दलको ध्यानाकर्षण गराएको छ ।

सञ्जालका अध्यक्ष कल्याणी रिजालले आज विज्ञप्ति जारी गर्दै यतिखेर मुलुकका प्रमुख राजनीतिक दलको महाधिवेशन निकट आइरहेको सन्दर्भमा महिलाका सवाल सिङ्गो समाज र राष्ट्रका सवाल भएको उल्लेख गर्नुभएको छ । लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध, समुन्नत र समतामूलक समाज निर्माण गर्न महिलालाई राजनीतिक दल र राज्य संरचनाका हरेक नीति निर्माण गर्ने थलोमा पु¥याउन अनिवार्य शर्त भएको विज्ञप्तिमा उल्लेख छ ।

संविधानको प्रस्तावना, मौलिक हकको मूल मर्म र भावनाअनुरुप राजनीतिक दल तथा राज्यका सम्पूर्ण निकायमा समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा सहभागिता गराइनु वाञ्छनीय हुने सञ्जालले जनाएको छ । लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यका नीति निर्माण र कार्यान्वयन गर्ने कार्यमा राजनीतिक दलको भूमिका नै महत्वपूर्ण र निर्णायक हुने उल्लेख गर्दै अध्यक्ष रिजालले महिलालाई नीति निर्माण र कार्यान्वयनको अभियानमा सरिक नगराई सिङ्गो रष्ट्र निर्माणको काम पूरा हुन नसक्ने बताउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।