कांग्रेसको धनकुटा प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ को सभापतिमा पौडेल निर्वाचित
धनकुटा,४ मंसिर । नेपाली कांग्रेसको धनकुटा प्रदेश निर्वाचन क्षेत्र नम्बर ख को सभापतिमा राजन पौडेल निर्वाचित हुनु भएको छ । पौडेलले २ सय ३३ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्र ख को क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो त्यस्तै उहाँका निकटतम प्रतिस्पधी तिलकबहादुर महतले १ सय ७६ मत प्राप्त गर्नु भएको छ ।
उपसभापतिमा चन्द्रकुमार लिम्बु र भीम कहादुर खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा दिलराज घिसिग र गोपाल राई निर्वाचित हुनु भएको छ भने सहसचिवमा विश्वास पुलामी र मणिराज लिम्बु निर्वाचित हुनु भएको सहायक जिल्ला निर्वाचन अधिकृत दिनेश अधिकारीले जानकारी दिनु भयो ।
त्यस्तै प्रदेश प्रतिनिधीहरुमा गोविन्द लिम्बु ,चिरञ्जीवि थापा,पर्शूराम कार्कि, विजय अधिकारी,यूवराज पराजुली,बलकहादुर खड्का, कृष्ण प्रसाद कट्टेलनिर्वाचित भएका छन् भने प्रत्यक्ष महिला प्रदेश प्रतिनिधीमा जुना श्रेष्ठ,शर्मिला राई र चन्द्र कला धमाला निर्वाचित भएका छन् । खस आर्य खुला प्रतिनिधीमा टंक बहादुर भट्टराई निर्वाचित हुनु भएको छ भने महिला खस आर्यमा हिमा कार्कि निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै आदिवासी जनजाती खुलामा भिष्मबहादुर गुरुग र हरिबहादुर राई निर्वाचित हुनु भएको छ ।
आदीवासी जनजाती महिलामाा जुनमाया राई निर्विरोध हुनु भएको छ । दलित खुलामा कृष्ण बहादुर पाँचकोटी निर्विरोध हुने भएका छ भने अल्पसंख्यक बाट पुरन राई आठपहरीया प्रदेश प्रतिनिधीममा निर्वाचित हुने भएको निर्वाचन समितीले जनाएको छ ।


