नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क) को सभापति पदमा जितेन्द्र रुम्दाली राई विजयी
धनकुटा । नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क) को सभापति पदमा जितेन्द्र राई विजयी हुनुभएको छ । पार्टीको १४ औ महाधिवेशन अन्तर्ग भएको क्षेत्रिय अधिवेशनको गएराती सम्पन्न मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिष्पर्धी मोहन वान्तावालाई ५१ मतले पछि पार्दै विजय हाँसिल गर्नुभएको हो ।
सभापतिमा विजयी जितेन्द्रले २८३ मत प्राप्त गर्नुभएको छ भने मोहनले २३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्रमश २४२ र २२२ मत प्राप्त गर्दै मिलन खड्गी र नगेन्द्र राई उपसभापतिमा विजयी भएका छन् ।
२५० र २४४ मत प्राप्त गर्दै नगेन्द्र बहादुर तामाङ जीवन र सञ्जय राई सचिव पदमा विजयी भएका छन् भने २४० र २३६ मत प्राप्त गर्दै टंक प्रसाद थापा र यम कुमार श्रेष्ठ सहसचिवमा विजयी भएको निर्वाचन मण्डलले जनाएको छ ।
कोषाध्यक्ष भने निर्वाचित पदाधिकारीबाट मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ ।


